काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिबानले समावेशी सरकार बनाउन नसके अफगानिस्तानमा गृहयुद्ध हुने खतरा रहेको चेतावनी दिएका छन्।
उनले बुधबार बीबीसीसँग कुरा गर्दै अफगानिस्तानमा समावेशी सरकारको आवश्यकता रहेको बताए। ‘यदि समावेशी सरकार बनेन भने बिस्तारै अफगानिस्तान गृहयुद्धमा जान्छ। यसको मतलब अस्थिर, अराजक अफगानिस्तान हुनेछ। यसले पाकिस्तानलाई पनि असर पर्नेछ,’ उनले भने।
पाकिस्तान अहिले मुख्यतया मानवीय र शरणार्थी संकटसँग जुधिरहेको छ।
अफगानिस्तानमा गृहयुद्ध भए त्यहाँको नागरिकका साथ साथै सशस्त्र समूहहरु पनि पाकिस्तान छिर्ने आकलन गरिएको छ।
‘अफगानिस्तान एके आतंकवादीहरुको लागि आदर्श स्थान हो। किनकि त्यहाँ कुनै नियन्त्रण छैन र लडाइँ चलिरहेको छ। र त्यो हाम्रो चिन्ता हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।