काठमाडौं- चरमपन्थीहरुसँग सम्बन्ध रहेको भन्दै जम्मू-कश्मिर सरकारले दुई प्रहरीसहित ६ जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ।
संविधानको अनुच्छेद ३११ (२) (ग) अन्तर्गत जम्मू-कश्मिर सरकारलाई कुनै पनि कर्मचारीलाई छानबिन समिति गठन नगरी जागिरबाट बर्खास्त गर्ने अधिकार छ। त्यही अनुच्छेद अनुसार उनीहरुलाई बर्खास्त गरिएको हो।
जम्मू-कश्मिर सरकारले एक विशेष कार्य बल (एसटीएफ) गठन गरेको छ। उक्त बलले राज्य सुरक्षाको गतिविधि गरे सरकारी कर्मचारीविरुद्ध कारबाही गर्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।