काठमाडौं- पूर्वी अफगानिस्तानमा अज्ञात बन्दुकधारीले तालिबानका दुई लडाकु र एक नागरिकको गोली हानी हत्या गरेका छन्।
गत महिना अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि हालसाल भइरहेका हमलाको यो पछिल्लो घटना हो।
यस घटनाका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार केही हतियारधारी मानिसले जलालाबादको एक इलाकामा तालिबानको चौकी नजिक रोकिएको गाडीको नजिक गएर गोली चलाएका थिए।
तालिबानका अधिकारीले यस हमलाको पुष्टि गरेका छन् तर मारिएका सबै सर्वसाधारण रहेको बताए।
जलालाबाद नंगरहार प्रान्तको राजधानी हो, जो इस्लामिक चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को महत्वपूर्ण गण हो।
अफगानिस्तानमा नियन्त्रण पछि तालिबानका लागि आईएस समस्याका रुपमा देखा परेको छ। शनिबार उनीहरुले पछिल्लो पटक दुई बम विस्फोटमा आइएसको हात रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।