काठमाडौं- तालिबानले संयुक्त राष्ट्र संघीय महासभामा सम्बोधन गर्न चाहेको बताएको छ।
तालिबानका विदेश मन्त्री अमीर खान मोत्तकीले सोमबार एक पत्र लेखेर यस्तो अनुरोध गरेका हुन्। अब संयुक्त राष्ट्र संघको एक समितिले यस अनुरोधमाथि फैसला गर्नेछ।
तालिबानले आफ्नो दोहास्थित प्रवक्ता सुहेल शाहीनलाई संयुक्त राष्ट्र संघमा अफगानिस्तानको दूत नियुक्त गर्ने घोषणा गरेको छ।
गत महिना अफगानिस्तानमाथि नियन्त्रण गरेको तालिबानले अब अपदस्थ सरकारका दूतले राष्ट्रसंघमा देशका प्रतिनिधित्व गर्न नसक्ने बताएको छ।
संयुक्त राष्ट्र संघका एक प्रवक्ताका अनुसार, तालिबानको अनुरोधमाथि एक कमिटीले विचार गर्नेछ जसको नौ सदस्यमा अमेरिका, चीन र रूस सहभागी छन्।
तर, यस कमिटीको आगामी सोमबारको महासभाको बैठक समाप्त हुनेबेला सम्म बैठक बस्ने सम्भावना छैन। तबसम्म गुलाम इसाकजई नै युएनमा अफगानिस्तानको दूत रहेने बीबीसीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।