काठमाडौं– उपत्यकाकमा चोरी तथा लुटपाट नियन्त्रण गर्न महानगरीय अपराध महाशाखाले विशेष अभियान सुरु गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा बढेको चोरी रोक्न प्रहरीले जेठ १३ गतेदेखि विशेष अभियान चलाएको हो।
दिनको समयमा १० देखि ६ बजेसम्म सादा पोशाकमा गस्ती तथा आकस्मिक चेकजाँच गरिएको तथा रातको समयमा ११ देखि ४ बजेसम्म एम्बुस डिउटीमा प्रहरीलाई खटाएर अभियान सञ्चालन गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
पक्राउ परेकामध्ये १९ जनासँग प्रहरीले चोरीका विभिन्न सामानहरु समेत बरामद गरेको छ। उनीहरुविरुद्ध चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
त्यस्तै, अन्य ५३ जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरिएको र २ सय २१ जनालाई सोधपुछपछि निगरानीमा राखेर छाडेको छ।
उपत्यकामा चोरी सबैभन्दा धेरै हुने अपराध हो। खासगरी घरमा कोही नभएको बेला ताला फुटाएर धेरै चोरी हुने गरेको छ। चोरीको प्रमाण भेट्टाउन गाह्रो हुने भएकाले धेरै जसो पक्राउ पर्दैनन्। पक्राउ परे पनि छुटेर फेरि सोही अपराधमा फर्कने भएकाले नियन्त्रणमा समस्या भएको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।