• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१९ वर्ष जेल बसेर पनि 'नचेतेका' सेसे– जेलबाट छुटेर पुन: लागु औषधकै कारोबार

ग्राहक खोज्नका लागि थाइल्याण्डदेखि चीनसम्म पुगे
64x64
नारायण अधिकारी मंगलबार, असोज ५, २०७८  २१:५६
1140x725

काठमाडौं– सेसे उर्फ उर्पा तामाङ। नुवाकोटको बिदुर नगरपालिका–१३ का ५२ वर्षीय सेसे अहिले लागु औषध नियन्त्रण ब्यूरोको हिरासत कक्षमा छन्। 

चरेस प्याकिङ गर्ने र विदेश सप्लाई गर्ने गिरोहका नाइके सेसे रहेको खुलेपछि ब्यूरोले उनलाई सामाखुसीबाट नियन्त्रणमा लिएको छ। सेसेको गिरोहले लामो समयदेखि लागु औषध चरेस विदेश सप्लाई गर्दै आएको खुलेको छ।

२५ वर्षअघिको जस्तै अहिले पनि उनी लागु औषधको धन्दामा सक्रिय रहेका पाइएको प्रहरीले जानकारी दिएको छ। १९ वर्ष जेल बसेर छुटेका उनी पुन: पुरानै धन्दामा लागेका पाइएको छ। 

००००

म्याग्दीको मंगला गाउँपालिका–३ का ३६ वर्षीय श्याम प्रसाद रोका भदौ २१ गते बिहान कतारको दोहा जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। दोहाका लागि कतार एयरवेजको विमानले बिहान ११:५ बजे उडान भर्दै थियो। 

विमानतर्फ प्रस्थान गर्नु अगाडि उनको लगेज एक्सरे मेसिनमा पठाइयो। तर, उनको लगेजमा ओसारपसार गर्न प्रतिबन्ध गरिएको समान रहेको संकेत देखियो। 

एक्सरे मेसिनको संकेतपछि प्रहरीले उनको लगेज खोलेर हेर्दा ४ किलो ३५ ग्राम चरेस भेटियो। लगेजबाट चरेस बरामद भएपछि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले रोकालाई पक्राउ गरी सोधपुछ सुरु गर्‍यो। 

श्याम प्रसादले प्रहरीलाई दिएको बयानकै आधारमा विमानस्थलको प्रस्थान कक्षबाटै ३५ वर्षीय वीरबहादुर रोका पनि पक्राउ परे। वीरबहादुरको लगेज खोतल्दा प्रहरीले ४ किलो ३५ ग्राम चरेस बरामद गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

विमानस्थलबाटै चरेस कतार लैजान लागिएको पाइएपछि लागु नियन्त्रण ब्यूरोको टोलीले ‘अपरेशन ह्यास’ नाम दिएर यसको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा म्याग्दी मंगला गाउँपालिका–३ का ४४ वर्षीय दिल बहादुर रोका, धादिङ जिल्ला गंगा जमुना गाउँपालिका–४ का ३३ वर्षीय अनिल बहादुर घले, सोही स्थानका २८ वर्षीय सुन बहादुर गुरुङ, धादिङ खनियाबास गाउँपालिका–५ का  २८ वर्षीय याङ्की भनिने जित बहादुर तामाङ र सोही ठेगानाका ३६ वर्षीय माइला भन्ने कृष्ण बहादुर तामाङ समेत पक्राउ परे। 

दिलबहादुर, अनिलबहादुर र सुनिलबहादुर विदेश जाने मान्छे खोज्ने व्यक्ति रहेका पाइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुलाई याङ्की भन्ने जितबहादुरले कतार जाने मान्छे खोज्न लगाएका थिए। याङ्कीलाई पनि मान्छे खोज्ने जिम्मा कृष्णबहादुरले दिएका थिए। याङ्की र कृष्णबहादुरलाई विदेश चरेस सप्लाई गर्न मान्छे चाहिएको बारे थाहा भएपनि दिलबहादुर, अनिलबहादुर र सुनिलबहादुरलाई भने थाहा नभएको पाइएको ब्यूरोका एसएसपी हृदय थापा बताउँछन्। 

कृष्णबहादुर विदेश चरेस पठाउनेका योजनाकारमध्ये एक थिए भने याङ्की मान्छे खोजेर नाफा खाने हिस्सेदार।

उनीहरु पक्राउ परेसँगै चरेस विदेश सप्लाई गर्ने धन्दामा जोडिए सेसे। सेसेको टोखास्थित कोठा खानतलासी गर्दा चरेस प्याकिङ कारखाना नै सञ्चालन गरेर धन्दा चलाउने गरेको पाइएको एसएसपी थापा बताउँछन्। सेसेको कोठाबाट ऊनका ह्याण्डी क्राफ्ट २३ थान, डायरी १६ थानमा फल्स बटम बनाएर विदेश पठाउन भनेर तयारी अवस्थामा राखिएको ३ किलो ५७९ ग्राम चरेस प्रहरीले बरामद गरेको थियो। 

योसँगै लागु औषध चरेससहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। चरेसको पाता बनाउनको लागी प्रयोग गरिने औजारहरु, लुकाउन प्रयोग गरिने कार्टुन, गम, र्‍यापिङ टेप तथा ह्याण्ड क्राफ्ट लगायतका सामानहरु बरामद भएका प्रहरीको भनाइ छ। 

यसरी कारखाना नै सञ्चालन गरेर लागु औषधको धन्दा सञ्चालन गर्दै आएका मुख्य योजानकार सेसे १९ वर्ष जेल बसेर पुन: यही धन्दामा संलग्न रेहका पाइएको हो। 

सेसेलाई २०५४ कात्तिक ७ गते काठमाडौं प्रहरीले बौद्ध महांकालबाट ८५० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो। उक्त प्रकरणमा उनलाई १५ वर्ष कैद र ५ लाख जरिवाना सुनाइएको थियो। 

१५ वर्ष कैद भुक्तान गरे पनि जरिवाना वापतको ५ लाख रुपैयाँ नतिरेपछि उनी १९ वर्ष जेल बसेर २०७३ सालमा रिहा भएका थिए। त्यसयता उनले फेरि पहिलाकै जस्तो धन्दा सुरु गरेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता जीवन श्रेष्ठले बताए। 

उनी लागु औषध कारोबार गर्नकै लागि २ पटक थाइल्याण्ड र १ पटक चीन समेत पुगेका खुलेको छ। थाइल्याण्डबाट हङकङ जान समेत उनले प्रयास गरे पनि भिसा नलागेकाले सफल भएनन्। यसरी थाइल्याण्ड र चीन समेत पुगेर ग्राहक खोज्ने र चरेस सप्लाई गर्ने काममा सेसे २०७३ सालदेखि निरन्तर लागेको एसपी श्रेष्ठ बताउँछन्।

सेसे र वीरबहादुर मिलेर यसरी धन्दा चलाउँदै आएको पाइएको छ। उनीहरुले विभिन्न ह्याण्डी क्राफ्ट र गिफ्टका सामानहरुमा चरेस प्याक गर्ने र ह्याण्डी क्राफ्टका सामान भन्दै स्थलमार्गबाट भारतको कलकत्तासम्म पुर्‍याउने र त्यहाँबाट पानी जहाजमार्फत हङकङ, चीन, थाइल्याण्ड, टर्कीसम्म चरेस सप्लाई गर्ने गरेको खुलेको श्रेष्ठले दाबी गरे। 

स्थलमार्गसँगै उनीहरुले हवाईमार्गबाट पनि आफ्नो धन्दा बिस्तार गर्ने योजना बनाएका थिए। सोही योजनाअनुसार विदेश जाने मान्छे खोज्ने र उनीहरुलाई हवाई टिकट काटिदिनेदेखि, सपिङ गर्ने र विभिन्न किसिमका सहयोग गरेर प्रलोभनमा पारी विश्वास दिलाइएर गिफ्टका सामानहरु भन्दै चरेस पठाउने गरेको खुलेको एसपी श्रेष्ठ बताउँछन्।

योसँगै सेसेले विदेश जानेहरुका लागि चाहिने विभिन्न अनुभव तथा तालिम सम्बन्धीका नक्कली सर्टिफिकेट समेत बनाउने गरेको खुलेको छ। १० हजार रुपैयाँ लिँदै उनले विभिन्न व्यक्तिलाई नक्कली सर्टिफिकेट बेच्ने गरेको प्रहरीले जनाएको छ। उनको साथबाट केही नक्कली सर्टिफिकेटहरु समेत बरामद भएको ब्यूरोले जानकारी दिएको छ। 

उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी म्याद लिए अनुसन्धान सुरु भएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्