• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१९ वर्ष जेल बसेर पनि 'नचेतेका' सेसे– जेलबाट छुटेर पुन: लागु औषधकै कारोबार

ग्राहक खोज्नका लागि थाइल्याण्डदेखि चीनसम्म पुगे
64x64
नारायण अधिकारी मंगलबार, असोज ५, २०७८  २१:५६
1140x725

काठमाडौं– सेसे उर्फ उर्पा तामाङ। नुवाकोटको बिदुर नगरपालिका–१३ का ५२ वर्षीय सेसे अहिले लागु औषध नियन्त्रण ब्यूरोको हिरासत कक्षमा छन्। 

चरेस प्याकिङ गर्ने र विदेश सप्लाई गर्ने गिरोहका नाइके सेसे रहेको खुलेपछि ब्यूरोले उनलाई सामाखुसीबाट नियन्त्रणमा लिएको छ। सेसेको गिरोहले लामो समयदेखि लागु औषध चरेस विदेश सप्लाई गर्दै आएको खुलेको छ।

२५ वर्षअघिको जस्तै अहिले पनि उनी लागु औषधको धन्दामा सक्रिय रहेका पाइएको प्रहरीले जानकारी दिएको छ। १९ वर्ष जेल बसेर छुटेका उनी पुन: पुरानै धन्दामा लागेका पाइएको छ। 

००००

म्याग्दीको मंगला गाउँपालिका–३ का ३६ वर्षीय श्याम प्रसाद रोका भदौ २१ गते बिहान कतारको दोहा जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। दोहाका लागि कतार एयरवेजको विमानले बिहान ११:५ बजे उडान भर्दै थियो। 

विमानतर्फ प्रस्थान गर्नु अगाडि उनको लगेज एक्सरे मेसिनमा पठाइयो। तर, उनको लगेजमा ओसारपसार गर्न प्रतिबन्ध गरिएको समान रहेको संकेत देखियो। 

एक्सरे मेसिनको संकेतपछि प्रहरीले उनको लगेज खोलेर हेर्दा ४ किलो ३५ ग्राम चरेस भेटियो। लगेजबाट चरेस बरामद भएपछि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले रोकालाई पक्राउ गरी सोधपुछ सुरु गर्‍यो। 

श्याम प्रसादले प्रहरीलाई दिएको बयानकै आधारमा विमानस्थलको प्रस्थान कक्षबाटै ३५ वर्षीय वीरबहादुर रोका पनि पक्राउ परे। वीरबहादुरको लगेज खोतल्दा प्रहरीले ४ किलो ३५ ग्राम चरेस बरामद गर्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

विमानस्थलबाटै चरेस कतार लैजान लागिएको पाइएपछि लागु नियन्त्रण ब्यूरोको टोलीले ‘अपरेशन ह्यास’ नाम दिएर यसको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा म्याग्दी मंगला गाउँपालिका–३ का ४४ वर्षीय दिल बहादुर रोका, धादिङ जिल्ला गंगा जमुना गाउँपालिका–४ का ३३ वर्षीय अनिल बहादुर घले, सोही स्थानका २८ वर्षीय सुन बहादुर गुरुङ, धादिङ खनियाबास गाउँपालिका–५ का  २८ वर्षीय याङ्की भनिने जित बहादुर तामाङ र सोही ठेगानाका ३६ वर्षीय माइला भन्ने कृष्ण बहादुर तामाङ समेत पक्राउ परे। 

दिलबहादुर, अनिलबहादुर र सुनिलबहादुर विदेश जाने मान्छे खोज्ने व्यक्ति रहेका पाइएको छ। 

उनीहरुलाई याङ्की भन्ने जितबहादुरले कतार जाने मान्छे खोज्न लगाएका थिए। याङ्कीलाई पनि मान्छे खोज्ने जिम्मा कृष्णबहादुरले दिएका थिए। याङ्की र कृष्णबहादुरलाई विदेश चरेस सप्लाई गर्न मान्छे चाहिएको बारे थाहा भएपनि दिलबहादुर, अनिलबहादुर र सुनिलबहादुरलाई भने थाहा नभएको पाइएको ब्यूरोका एसएसपी हृदय थापा बताउँछन्। 

कृष्णबहादुर विदेश चरेस पठाउनेका योजनाकारमध्ये एक थिए भने याङ्की मान्छे खोजेर नाफा खाने हिस्सेदार।

उनीहरु पक्राउ परेसँगै चरेस विदेश सप्लाई गर्ने धन्दामा जोडिए सेसे। सेसेको टोखास्थित कोठा खानतलासी गर्दा चरेस प्याकिङ कारखाना नै सञ्चालन गरेर धन्दा चलाउने गरेको पाइएको एसएसपी थापा बताउँछन्। सेसेको कोठाबाट ऊनका ह्याण्डी क्राफ्ट २३ थान, डायरी १६ थानमा फल्स बटम बनाएर विदेश पठाउन भनेर तयारी अवस्थामा राखिएको ३ किलो ५७९ ग्राम चरेस प्रहरीले बरामद गरेको थियो। 

योसँगै लागु औषध चरेससहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। चरेसको पाता बनाउनको लागी प्रयोग गरिने औजारहरु, लुकाउन प्रयोग गरिने कार्टुन, गम, र्‍यापिङ टेप तथा ह्याण्ड क्राफ्ट लगायतका सामानहरु बरामद भएका प्रहरीको भनाइ छ। 

यसरी कारखाना नै सञ्चालन गरेर लागु औषधको धन्दा सञ्चालन गर्दै आएका मुख्य योजानकार सेसे १९ वर्ष जेल बसेर पुन: यही धन्दामा संलग्न रेहका पाइएको हो। 

सेसेलाई २०५४ कात्तिक ७ गते काठमाडौं प्रहरीले बौद्ध महांकालबाट ८५० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो। उक्त प्रकरणमा उनलाई १५ वर्ष कैद र ५ लाख जरिवाना सुनाइएको थियो। 

१५ वर्ष कैद भुक्तान गरे पनि जरिवाना वापतको ५ लाख रुपैयाँ नतिरेपछि उनी १९ वर्ष जेल बसेर २०७३ सालमा रिहा भएका थिए। त्यसयता उनले फेरि पहिलाकै जस्तो धन्दा सुरु गरेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता जीवन श्रेष्ठले बताए। 

उनी लागु औषध कारोबार गर्नकै लागि २ पटक थाइल्याण्ड र १ पटक चीन समेत पुगेका खुलेको छ। थाइल्याण्डबाट हङकङ जान समेत उनले प्रयास गरे पनि भिसा नलागेकाले सफल भएनन्। यसरी थाइल्याण्ड र चीन समेत पुगेर ग्राहक खोज्ने र चरेस सप्लाई गर्ने काममा सेसे २०७३ सालदेखि निरन्तर लागेको एसपी श्रेष्ठ बताउँछन्।

सेसे र वीरबहादुर मिलेर यसरी धन्दा चलाउँदै आएको पाइएको छ। उनीहरुले विभिन्न ह्याण्डी क्राफ्ट र गिफ्टका सामानहरुमा चरेस प्याक गर्ने र ह्याण्डी क्राफ्टका सामान भन्दै स्थलमार्गबाट भारतको कलकत्तासम्म पुर्‍याउने र त्यहाँबाट पानी जहाजमार्फत हङकङ, चीन, थाइल्याण्ड, टर्कीसम्म चरेस सप्लाई गर्ने गरेको खुलेको श्रेष्ठले दाबी गरे। 

स्थलमार्गसँगै उनीहरुले हवाईमार्गबाट पनि आफ्नो धन्दा बिस्तार गर्ने योजना बनाएका थिए। सोही योजनाअनुसार विदेश जाने मान्छे खोज्ने र उनीहरुलाई हवाई टिकट काटिदिनेदेखि, सपिङ गर्ने र विभिन्न किसिमका सहयोग गरेर प्रलोभनमा पारी विश्वास दिलाइएर गिफ्टका सामानहरु भन्दै चरेस पठाउने गरेको खुलेको एसपी श्रेष्ठ बताउँछन्।

योसँगै सेसेले विदेश जानेहरुका लागि चाहिने विभिन्न अनुभव तथा तालिम सम्बन्धीका नक्कली सर्टिफिकेट समेत बनाउने गरेको खुलेको छ। १० हजार रुपैयाँ लिँदै उनले विभिन्न व्यक्तिलाई नक्कली सर्टिफिकेट बेच्ने गरेको प्रहरीले जनाएको छ। उनको साथबाट केही नक्कली सर्टिफिकेटहरु समेत बरामद भएको ब्यूरोले जानकारी दिएको छ। 

उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी म्याद लिए अनुसन्धान सुरु भएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्