अमेरिका- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन्।
उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जानसक्नेतर्फ लक्षित गरेका छन्।
'यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यसबारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ,' गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने, 'विश्वासलाई पुनर्स्थापित गर्न र आशालाई प्रेरित गर्नका लागि हामीलाई सहयोगको आवश्यकता छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।