काठमाडौं- अफगानिस्तानमा कब्जा जमाएसँगै सत्ताको नेतृत्व गरिरहेको तालिबानले जति सक्यो चाँडो बालिकालाई पढाइका लागि स्कुल जाने अनुमति दिने बताएको छ।
तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले काबुलमा बालिकालाई स्कुल जाने दिने तयारी भइरहेको बताए। " हामी यसलाई अन्तिम रूप दिइरहेका छौं। जति चाँडो सम्भव हुनेछ त्यसपछि हामीले यो गर्ने छौं। "
साथै तालिबानका प्रवक्ताले केही मन्त्रालयलको घोषणा गरेका छन् तर महिलासँग सम्बन्धित कुनै मन्त्रालयको घोषणा नभएको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।