काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार भएको संसदीय निर्वाचमा जीत हात पारेको छ। तर, संसदमा बहुमत हासिल गर्न भने उनको दल चुकेको छ।
मध्यावधि चुनावको घोषणा गरेका उनका लागि यो फाइदाजनक भने भएन। यसपटकको नतिजा पनि दुई वर्षको नजिजा जस्तै रहन गएको बीबीसीले जनाएको छ।
ट्रुडोको लिबरल पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ।
सन् २०१५ मा उनी पहिलो पटक चुनाव जितेका थिए र त्यसपछि उनी सत्तामा बसेका थिए।
लिबरल पार्टीले १५७ सीटमा जीत हात पारेको छ। २०१९ मा पनि उनो पार्टीले यति नै सीटमा जीत हात पारेको थियो। क्यानडाको संसद हाउस अफ कमन्समा बहुमतका लागि १७० सीटको आवश्यकता पर्छ।
कन्जरभेटिवले १२१ सिटमा जित हात पारेको छ। २०१९मा उक्त पार्टीले त्यत्तिनै सिट जितेको थियो। वामपन्थी न्यू डेमोक्रेटिक्स २९ सिटमा अगाडी रहेको छ।
अघिल्लो निर्वाचनको तुलनामा उसले पाँच सिटमा थप जित हात पार्ने देखिएको छ। ब्याक क्युबेकोइसले आफ्नो सिट घटाएर २८ मा झारेको छ। र ग्रीन पार्टीले संसदीय निर्वाचनमा २ सिट प्राप्त गरेको छ।
ट्रुडोले अल्पमतको सरकार भएपछि मध्यावधी निर्वाचन गर्ने फैसला गरेका थिए । तर उनको सरकार विघटन हुने खतरा भने रहेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।