काठमाडौं- क्यानडामा आम चुनाव सम्पन्न भएको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोले दुई वर्ष पहिला घोषणा गरेको आम चुनावमा मतदान सकिएको हो।
ब्रिटिश कोलम्बियामा मतदान सकिएसँगै क्यानाडामा व्यक्तिगत रूपमा गरिने मतदानको प्रकृया पूरा भएको बीबीसीले जनाएको छ।
परिणाम आउन केही घन्टाको समय लाग्ने जनाइएको छ। तर विश्लेषकहरुले भने लामो समय नलाग्ने बताएका छन्।
प्रधानमन्त्री ट्रुडोले मध्यावधी चुनावको घोषणा गरेका थिए किनकी गत चुनावमा उनको लिबरल पार्टी संसदमा पराजित भएको थियो।
कन्जरवेटिव पार्टीका नेता एरिन ओ टुल उनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन् र उनको पार्टीले ट्रुडोलाई टक्कर दिन सक्ने जनाइएको छ। चुनावमा कुल ६ पार्टी मैदानमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।