काठमाडौं- विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ।
मदिरा सेवन कम गराउन र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन मदिराको कर दोब्बर बनाउन लागिएको हो।
यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरू मध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन्। रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।
विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार यस कदमबाट १० हजार ७०० नयाँ क्यान्सरबाट हुने मृत्यु र ४ हजार ८५० मदिरासेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।