काठमाडौं- काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा गोली हानाहान हुँदा दुई प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको छ।
सोमबार भएको उक्त घटनामा दुई प्रहरी अधिकारी र अन्य तीनसहित ५ जनाको मृत्यु भएको अधिकारीहरूले रुसी समाचार एजेन्सीलाई बताएका छन्।
प्रहरीका अनुसार निष्काशन सूचनामा कार्यरत व्यक्तिले गोली चलाएका हुन्। उक्त गोली लागेर दुई प्रहरी र अन्य तीनको मृत्यु भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।