काठमाडौं- अफगानिस्तानस्थित इस्लामिक स्टेटको शाखा खुरासान प्रान्त (आईएसकेपी)ले तालिबानविरुद्ध आफूले हमला गरेको दाबी गरेको छ। अफगानिस्तानमा तालिबानले कब्जा गरेयता पहिलोपटक आईएसकेपीले आफूहरुले हमला गरेको दाबी गरेको हो।
१९ सेप्टेम्बरमा अफगानिस्तानको नान्गरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई लक्षित गरेर आईईडी विस्फोट गरिएको थियो। त्यस क्रममा तालिबानका ३५ लडाकू मारिएको वा घाइते भएको आईएसकेपीले दाबी गरेको छ।
यता, तालिबानले यस आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
आईएसको समाचार एजेन्सी अमाकले नान्गरहार प्रान्तमा गराइएको आईईडी विस्फोटमा हताहती भएको जनाएको छ।
उक्त घटना पुष्टि गर्न केही तस्बिर पनि प्रकाशन गरेको छ।
यसअघि आईएसले गत २६ अगस्टमा काबुल विमानस्थलमा गरिएको घातक हमला गरेको थियो। यस्तै, ३० अगस्टमा काबुल विमानस्थललाई लक्षित गरेर रकेट प्रहार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।