तस्वीर– तास
काठमाडौं– रुसको एक विश्वविद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ। गोलीबारीमा अन्य ६ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन।
रुसको परम सहरस्थित परम स्टेट युनिभर्सिटीमा स्थानीय समयानुसार बिहान ११ बजेतिर गोलीबारी भएको जनाइएको छ।
बीबीसीका अनुसार रुसको परम सहरस्थित ‘परम स्टेट युनिभर्सिटी’मा स्थानीय समयानुसार बिहान ११ बजे गोली हानिएको हो।
रसियाको अनुसन्धान कमिटीले घटनाबारे प्रारम्भिक जानकारी दिँदै ५ जनाको मृत्यु भएको बताएको थियो। तर, हालसम्म मृतकको संख्या ८ पुगेको रसियन समाचार संस्था तासले उल्लेख गरेको छ।
रुसको राजधानी मस्कोबाट करिब १३ सय किलोमिटर पूर्वमा रहेको उक्त विश्वविद्यालयमा पसेर १ हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली हान्न सुरु गरेका थिए।
रसियाको अनुसन्धान कमिटीले आक्रमणकारी त्यही विद्यालयका विद्यार्थी भएका बताएको छ। प्रहरीले नियन्त्रणमा लिने क्रममा आक्रमणकारी पनि घाइते भएका जनाइएको छ।
विश्वविद्यालयको क्याम्पसमा गोली चलेपछि केही विद्यार्थीले कक्षा कोठाको झ्यालबाट हाम फालेका थिए। झ्यालबाट हाम फाल्ने क्रममा पनि केही विद्यार्थी घाइते भएका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।