काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ३० हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घन्टा २९५ जना मृत्यु भएको छ। केरलमा मात्र १९ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ भने १५२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको आकडा अनुसार ४३ हजार ९ सय ३८ जना कोरोनाबाट मुक्त भएका छन्। कोरोनाबाट भारतमा अहिलेसम्म ४ लाख ४५ हजार भन्दा धेरैको मृत्यु भएको छ।
२४ घन्टामा ३७ लाख भन्दा धेरैले कोरोना खोप लगाएका छन्। अहिलेसम्म ८० करोड भन्दा धेरैले कोरोना खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।