काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाली बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाला प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ११ सय ५० मा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।