काठमाडौं– जापानमा ६५ वर्षभन्दा बढी उमेर समूहको जनसंख्या बढेर नयाँ उचाइमा पुगेको छ।
आन्तरिक मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार समग्र जनसंख्यामा वृद्ध जनसंख्याको अनुपात बढेर कीर्तिमानी उचाइमा पुगेको छ।
यस वर्ष वृद्धहरुको संख्या ३ करोड ६४ लाख रहेको छ। यो गत वर्षको तुलनामा २ लाख २० हजारले बढी भएको सरकारी अधिकारीले बताएका छन्।
जापानमा कुल वृद्धहरुको संख्यामा महिला धेरै रहेका छन्। १ करोड ५८ लाख ३० हजार पुरुष तथा २ करोड ५ लाख ७० हजार महिला रहेको जनाइएको छ।
जापानमा वृद्ध कामदारको संख्या पनि लगातार बढेर ९० लाख ६ हजार पुगेको मन्त्रालयले बताएको छ। जापानको कुल जनसंख्या भने गत वर्षको तुलनामा ५ लाख १० हजारले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।