काठमाडौं- बंगालको खाडीस्थित ‘कन्टिनेन्टल सेल्फ’मा भारतले गरेको दाबीप्रति बंगलादेशले आपत्ति जनाएको छ। समुद्रको सतहभन्दा मुनि जलमग्न भूभागलाई ‘कन्टिनेन्टल सेल्फ’ भनिन्छ।
अप्रिलमा भारतले ‘कमिसन अन द लिमिट्स अफ द कन्टिनेन्टल सेल्फ’ (सीएलसीएस) लाई बंगालेको खाडीको कन्टिनेन्टल सेल्फको जुन क्षत्रेमा बंगलादेशले दाबी गरिरहेको छ। त्यसमा भारतको अधिकार छ भनेको थियो।
तर, त्यसप्रति बंगलादेशले आपत्ति जनाउँदै संयुक्त राष्ट्र संघको महासचिवलाई पत्र लेखेको छ। बंगलादेशले भारतको दाबीप्रति कुनै कानुनी आधार नभएको बताएको छ।
‘भारतसँग त्यसको सामुद्रिक सीमाको निर्धारण ‘परमानेन्ट कोर्ट अफ एट्रिब्युसन’को निर्णयानुसार गरिएको थियो,’ संयुक्त राष्ट्र संघका महासचिवलाई पठाएको पत्रमा बंगलादेशले भनेको छ।
‘परमानेन्ट कोर्ट अफ एट्रिब्युसन’ले २०१४ जुलाई ७ मा उक्त निर्णय गरेको थियो।बंगलादेशका अनुसार भारत सरकारले २०१६ मार्च २३ र २९ मा भारतले राजपत्र सूचनामा परमानेन्ट कोर्ट अफ एट्रिब्युसनको निर्णय उल्लेख गरेको छ।
जसअनुसार भारत र बंगलादेशबीच एक मात्र सामुद्रिक सीमा रेखा छ। यसमा दुई सामुद्रिक सीमा रेखा एकले अर्कोलाई काटेको स्थान पनि पर्छ।
यसकारण बंगालको खाडीमा २ सय मिलसम्म बंगलादेशको हक भएको कुरामा दुई देशबीच कुनै विवाद नरहेको बंगलादेशले जनाएको छ।
बंगलादेशले सीएलसीएसको भूमिका यही निश्चित गर्नेसम्म मात्र सीमित रहेको तर भारतको विशेष आर्थिक क्षेत्र बंगलादेशको कन्टिनेन्टल सेल्फ क्षेत्रमा तन्किरहेको आरोप लगाएको छ। यसबारे निर्णय गर्ने अधिकार सीएलसीएसलाई नभएको बंगलादेशले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।