काठमाडौं- चरणजीत सिंह चन्नी पञ्जाबका नयाँ मुख्यमन्त्री हुने भएका छन्। कांग्रेसका पञ्जाब इन्चार्ज हरीश रावतले चरणजित सिंह चन्नीको नाम घोषणा गरेका हुन्।
यसअघि सुखजिन्दर सिंह रंधावाको नाम मुख्यमन्त्री पदको दौडमा अग्रपंक्ति थियो। तर अन्तमा चन्नीले यसको जिम्मेवारी पाएका हुन्।
उनी पञ्जाबको पहिलो दलित मुख्यमन्त्री हुनेछन्।केही समयदेखि पञ्जाबमा दलित नेताहरु शीर्ष भूमिकामा आउने चर्चा चलिरहेको थियो।
बीबीसी पञ्जाबी सेवा संवाददाता अरविन्द छाबराका अनुसार मुख्यमन्त्रीको रुपमा चन्नीको नियुक्तिलाई ‘मास्टरस्ट्रोक’ को रुपमा हेरिएको छ।
५८ वर्षीय चन्नी दलित सिख हुन्। उनी क्याप्टन अमरिन्दर सिंहको मन्त्रिपरिषद्मा प्राविधिक शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
चन्नीको नाम घोषणा भएपछि रंधावाले पत्रकारहरुलाई भने, ‘यो हाई कमानको निर्णय हो। चन्नी मेरो कान्छो भाइ जस्तै हुनुहुन्छ। म बिल्कुल निराश छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।