काठमाडौं- अफगानी अधिकारकर्मी किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः संघर्ष गर्नुपर्ने बताएका छन्।
किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले संघर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्ने अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले बताएका हुन्।
अफगान खामा प्रेस न्युज एजेन्सीसँग उनले भनिन्,‘तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले आफ्ना प्रतिज्ञाहरू पूरा गरिरहेको देखिएको छैन।’
यसैबीच संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) ले अफगानिस्तानमा शनिबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने कदमको स्वागत गरेको छ तर त्यसमा किशोरीहरू छुट्न नहुनेमा जोड दिएको छ।
‘हामी निकै चिन्तित छौं,’ युनिसेफकी प्रमुख हेन्रिता फोरले शुक्रबारको एक वक्तव्यमा भने। धेरै केटीहरूलाई यस समयमा फेरि अनुमति नहुन सक्छ।’
फोरले थपे, ‘युनिसेफले पूरानो र नयाँ सबै राजनीतिक नेतृत्वसँग बालबालिकाको शिक्षाको अधिकारका दवाव जारी राख्नेछ जसबाट सबैले अफगान भूमिमा शान्तिपूर्णरूपले प्रगतिपथमा लम्कन मौका पाउन सकून्।’
समाचार एजेन्सी एएफपीको अनुसार अमेरिकी सैन्य अभियानपछि अफगानिस्तानमा महिलाहरुको शिक्षामा धेरै प्रगति भएको थियो। त्यस समय महिलाहरुको साक्षरता दर ३० प्रतिशतसम्म बढेको थियो।
जे होस्, यो पनि सत्य हो कि शहरी क्षेत्रहरुको तुलनामा ग्रामीण क्षेत्रहरुमा साक्षरता दर धेरै कम थियो।अफगानिस्तानमा प्राथमिक विद्यालयहरु पहिले नै खोलिएको छ र छात्र र छात्रालाई अलगअलग कक्षामा राखेर पढाइएको छ। धेरै महिला शिक्षकहरु पनि काममा फर्किएका छन्।
तालिबानको नयाँ सरकारले महिला विद्यार्थीहरुलाई निजी विश्वविद्यालयहरुमा पढन अनुमति दिएको छ। यद्यपि क्याम्पसमा विद्यार्थीहरुको कपडा र ठाउँको सम्बन्धमा बिभिन्न प्रतिबन्धहरु लगाइएको छ।
अफगानिस्तानमा कब्जा गरेपछि तालिवानले भनेका यसपटक उनीहरुको सरकार अघिल्लो सरकारभन्दा फरक हुनेछ र उनीहरुले महिलाको काममा प्रतिबन्ध नलगाउने घोषणा गरेको थियो। तर, यस हप्ता तालिबानले महिला मामिला मन्त्रालय खारेज गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।