• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एमाले नेता हत्याका दोषी वाइसीएल नेतादेखि जनमोर्चा कार्यकर्तासम्मलाई देउवा सरकारको ‘आममाफी’ 

भाइको हत्यामा दोषी ठहर भएका दाइ र मजदुरका हत्यारासमेत छुटे
64x64
नारायण अधिकारी आइतबार, असोज ३, २०७८  १८:५५
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले भदौ २९ गते गरेको सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर ५२३ कैदी र बन्दीको बाँकी रहेको कैद सजाय मिनाहा गरेकी छन्। त्यसक्रममा थप ८ जनालाई आममाफी दिइएको छ। 

कैद मिनाहा पाएका अधिकांशको सूची गृह मन्त्रालयले सार्वजनिक गरे पनि आममाफी दिइएकाहरुको विवरण भने सार्वजनिक भएको छैन। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को (१), (२), (३), (४) ले कैद मिनाहा तथा आममाफीका बारेमा व्यवस्था गरेको छ।  

संहिताको दफा १५९ को उपदफा (७) मा सरकारको सिफारिसमा राष्ट्रपतिले पूरै वा आंशिक सजाय माफी गर्न सक्ने उल्लेख छ। अन्य दफाअनुसार कैद छुट हुन कम्तीमा पनि ५० प्रतिशत कैद भुक्तान भएको हुनुपर्नेमा दफा ७ ले ५० प्रतिशत भन्दा कम तथा एक दिन पनि कैद नबसेका व्यक्तिलाई पनि आममाफी दिनसक्ने व्यवस्था गरेको छ। यही दफा अनुसार यसपटक ८ जनालाई आममाफी दिइएको हो।  

अहिलेसम्म सरकारले सार्वजनिक नगरे पनि उच्च स्रोतबाट नेपाल लाइभलाई प्राप्त विवरणअनुसार आममाफी पाउनेहरुमा नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का जिल्ला नेतादेखि सत्तारुढ गठबन्धनको एक घटक, राष्ट्रिय जनमोर्चाका कार्यकर्तासम्म छन्। स्रोतका अनुसार आममाफी पाएर छुट्नेहरुमा पूर्णबहादुर भनिने किशोर भण्डारी, रमेश केसी, दिलीप खत्री, रामचन्द्र कार्की (खत्री), यदुनाथ घिमिरे, मनबहादुर श्रीष, ओमकार श्रीष र श्रीप्रसाद थापा छन्।

एमाले नेता कार्की हत्याका दोषी वाइसिएल नेता घिमिरे छुटे
नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, ओखलढुंगाको साविक भदौरे गाविस–२ का ४० वर्षीय छविलाल कार्कीको २०६७ असार २४ गते ओखलढुंगाको बिशंखेमा हत्या भएको थियो। 

बिशंखेमा तारा तामाङको होटलमा खाना खाइरहेका बेला राति ‘अज्ञात समूह’को आक्रमणमा परेर कार्की गम्भीर घाइते भएका थिए। आक्रमणमा परेर उनको दुबै हात र खुट्टा भाँचिएका थिए भने टाउको समेत फुटेको थियो। गम्भीर घाइते कार्कीलाई ओखलढुंगाको सामुदायिक अस्पताल पुर्‍याइएकोमा सोही राति १२ बजे मृत्यु भएको थियो। 

प्रहरी अनुसन्धानका क्रममा कार्कीमाथि वाइसीएलका तत्कालीन ओखलढुंगा जिल्ला संयोजक यदुनाथ घिमिरेको समूहले आक्रमण गरेको खुलेको थियो। कार्की हत्यामा संलग्न भएको आरोपमा प्रहरीले घिमिरेकै समूहका सदस्य, माओवादी कार्यकर्ताहरु विमर्षाज घिमिरे, टिकाराम भुजेल, लालबहादुर भुजेल, देवबहादुर कटवाल, दिलबहादुर सार्की, चन्द्रबहादुर कार्कीलाई पक्राउ गरी ज्यान मुद्दा चलाएको थियो। 

पछि लालबहादुर भुजेल, देवबहादुर कटवाल र दिलबहादुर सार्की छुटेका थिए। तर,  कार्कीको मृत्यु भएदेखि नै ओखलढुंगाको साविक पोखरे गाविस–३ का ‘अडिग’ भनिने यदुनाथ घिमिरे भने फरार रहेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

दुई वर्षदेखि फरार रहेका घिमिरेलाई मोरङको दुलारीबाट २०६९ चैत १३ गते इलाका प्रहरी कार्यालय वेलबारीले पक्राउ गरेको थियो। पक्राउ परेका घिमिरेलाई पनि अदालतले एमाले नेता कार्की हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजाय सुनाए पनि घिमिरे पहुँचको आधारमा ८ वर्षमै रिहा भएका छन्। 

भाइ हत्याका दोषी पनि छुटे 
एमाले नेता कार्कीको हत्यामा संलग्न भएको भन्दै उनकी श्रमती सकुन्तला कार्कीले जेठाजू, छबिलालका दाई चन्द्रकुमार कार्कीविरुद्ध पनि जाहेरी दिएकी थिइन्। 
भाइ छविलालको हत्या भएलगत्तै चन्द्रकुमार पक्राउ परेका थिए। चन्द्रकुमारलाई ओखलढुंगा जिल्ला अदालतले भाइको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। त्यसविरुद्ध उनी पुनरावेदन र सर्वोच्च अदालतसमेत पुगेका थिए। तर, दुबै अदालतबाट जिल्लाकै फैसला सदर भएको थियो। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले २०७६ असोज ११ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। 

तीन तहकै अदालतबाट हत्यामा दोषी ठहर भएका चन्द्रकुमार पनि ५० प्रतिशत मात्र कैद भुक्तान गरेर रिहा भएका छन्। 

मजदुरका हत्यारा पनि छुटे 
कैद माफी–मिनाहाका लागि निश्चित प्रक्रिया तोकिएको छ। माफी मिनाहा हुनसक्ने अपराधमा आधा सजाय भुक्तान गरिसकेका अभियुक्तलाई असल चालचलन देखेमा सरकारले बाँकी सजाय माफी मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गर्छ। तर, आममाफीका सवालमा भने राजनीतिक पहुँचको हदैसम्म दुरुपयोग हुनेगरेको छ। यसमा एक दिन पनि सजाय भुक्तान नगरेकाले समेत अपराधबाट उन्मुक्ति पाउँछन्। यस्तै पहुँचका आधारमा मजदुरको हत्याका अभियुक्तलाई समेत यसपालि देउवा सरकारले उन्मुक्ति दिएको छ।

२०७० असोज पहिलो साता रामेछाप, लखनपुरका ३३ वर्षीय नारायण मगरको हत्या भएको थियो। दोलखाको साविक लामाबगर गाविस–२ मा रहेको सिनो हाइड्रोमा कार्यरत मगरलाई राति साढे ११ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। हतियार प्रयोगबाट गम्भीर घाइते मगरलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा बाटोमै मत्यु भएको थियो। 
प्रहरी अनुसन्धानमा मगरको हत्यामा संलग्न देखिएपछि तत्कालै दोलखाको साविक वोच गाविस–७ का रामचन्द्र कार्की (खत्री), वोच–९ का दिलीप खत्री, भीमेश्वर नगरपालिका–१३ का रमेश केसी र भिमेश्वर–११ का ओमशरण थापा पक्राउ परेका थिए। त्यसबेला दोलखाका तत्कालीन डिएसपी सुरेन्द्र काफ्लेले उनीहरुलाई हत्या भएको ३ घण्टा नबित्दै पक्राउ गरिएको बताएका थिए। 

मगरको हत्यामा दोषी समेत ठहर भएका उनीहरुमध्ये ३ जनालाई देउवा सरकारले आममाफी दिएर ‘पुरस्कृत’ गरेको छ। स्रोतका अनुसार रमेश केसी, दीलिप खत्री, रामचन्द्र कार्की (खत्री) रिहा भइसकेका छन्।  

जनमोर्चा कार्यकर्तालाई पनि आममाफी 
देउवा सरकारबाट संविधान दिवसका दिन आममाफी पाउने ८ जनामध्ये हुन् मनबहादुर श्रीष, ओमकार श्रीष र श्रीप्रसाद थापा। उनीहरु ५० प्रतिशत पनि कैद भुक्तान नगरी आममाफी पाएर छुटेका छन्। 

कुटपिट तथा अंगभंग मुद्दामा उनीहरु तीनै जनालाई बागलुङ जिल्ला अदालतले दोषी ठहर गरेको थियो। २०६७ जेठ २७ र २०७१ वैशाख ४ गते उनीहरुलाई अदालतले २ वर्ष कैद सजाय सुनाएको थियो। 

तर, उनीहरु फरार थिए। फरार अपराधी खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङले २०७७ असोज १८ गते बागलुङको जैमनी नगरपालिका–१०, राङ्खानीका ५३ वर्षीय मनबहादुर श्रीषलाई पक्राउ गरेको थियो। त्यसको ९ दिनपछि सोही मुद्दामा २ वर्ष कैद सजाय सुनाइए पनि फरार रहेका राङखानी–५ का ३५ वर्षीय श्रीप्रसाद थापा र राङखानी–५ कै ३२ वर्षीय ओमकार श्रीष पक्राउ परेका थिए। 

कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भएपनि श्रीप्रसाद एक दशकदेखि फरार थिए। गत वर्ष असोज २७ गते पक्राउ परे पनि पहुँचको आधारमा उनी पूरा समय जेल नबसेरै छुटे। थापा राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघका जिल्ला सचिवालय सदस्य हुन्। उनको पार्टी अहिले सत्तागठबन्धनको घटक छ। 

पहुँच कतिसम्म भने पक्राउ पर्नु ४ दिन अघिसम्म थापा सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुँदै आएका थिए। युवक संघले गरेको राङखानी–१० को वडा भेलामा उनी अतिथि भएर पुगेका थिए। त्यसको ४ दिनपछि उनी पक्राउ परेका थिए। 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि प्रजातन्त्र दिवसका अवसरमा  दिएको कैद माफी–मिनाहामा यस्तै मनपरी गरेको थियो। 

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेल जेल परेका थिए। जेलमै पौडेलको हत्या भएको थियो। उनको हत्यामा जन्म कैदको सजाय पाएका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई ओली सरकारले रिहा गरेको थियो। त्यसबेला पनि आममाफीका नाममा एक दिन पनि जेल नबसेका सात जनालाई अभियोगबाट उन्मुक्ति दिइएको थियो। 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्