• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एमाले नेता हत्याका दोषी वाइसीएल नेतादेखि जनमोर्चा कार्यकर्तासम्मलाई देउवा सरकारको ‘आममाफी’ 

भाइको हत्यामा दोषी ठहर भएका दाइ र मजदुरका हत्यारासमेत छुटे
64x64
नारायण अधिकारी आइतबार, असोज ३, २०७८  १८:५५
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले भदौ २९ गते गरेको सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर ५२३ कैदी र बन्दीको बाँकी रहेको कैद सजाय मिनाहा गरेकी छन्। त्यसक्रममा थप ८ जनालाई आममाफी दिइएको छ। 

कैद मिनाहा पाएका अधिकांशको सूची गृह मन्त्रालयले सार्वजनिक गरे पनि आममाफी दिइएकाहरुको विवरण भने सार्वजनिक भएको छैन। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को (१), (२), (३), (४) ले कैद मिनाहा तथा आममाफीका बारेमा व्यवस्था गरेको छ।  

संहिताको दफा १५९ को उपदफा (७) मा सरकारको सिफारिसमा राष्ट्रपतिले पूरै वा आंशिक सजाय माफी गर्न सक्ने उल्लेख छ। अन्य दफाअनुसार कैद छुट हुन कम्तीमा पनि ५० प्रतिशत कैद भुक्तान भएको हुनुपर्नेमा दफा ७ ले ५० प्रतिशत भन्दा कम तथा एक दिन पनि कैद नबसेका व्यक्तिलाई पनि आममाफी दिनसक्ने व्यवस्था गरेको छ। यही दफा अनुसार यसपटक ८ जनालाई आममाफी दिइएको हो।  

अहिलेसम्म सरकारले सार्वजनिक नगरे पनि उच्च स्रोतबाट नेपाल लाइभलाई प्राप्त विवरणअनुसार आममाफी पाउनेहरुमा नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का जिल्ला नेतादेखि सत्तारुढ गठबन्धनको एक घटक, राष्ट्रिय जनमोर्चाका कार्यकर्तासम्म छन्। स्रोतका अनुसार आममाफी पाएर छुट्नेहरुमा पूर्णबहादुर भनिने किशोर भण्डारी, रमेश केसी, दिलीप खत्री, रामचन्द्र कार्की (खत्री), यदुनाथ घिमिरे, मनबहादुर श्रीष, ओमकार श्रीष र श्रीप्रसाद थापा छन्।

एमाले नेता कार्की हत्याका दोषी वाइसिएल नेता घिमिरे छुटे
नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, ओखलढुंगाको साविक भदौरे गाविस–२ का ४० वर्षीय छविलाल कार्कीको २०६७ असार २४ गते ओखलढुंगाको बिशंखेमा हत्या भएको थियो। 

बिशंखेमा तारा तामाङको होटलमा खाना खाइरहेका बेला राति ‘अज्ञात समूह’को आक्रमणमा परेर कार्की गम्भीर घाइते भएका थिए। आक्रमणमा परेर उनको दुबै हात र खुट्टा भाँचिएका थिए भने टाउको समेत फुटेको थियो। गम्भीर घाइते कार्कीलाई ओखलढुंगाको सामुदायिक अस्पताल पुर्‍याइएकोमा सोही राति १२ बजे मृत्यु भएको थियो। 

प्रहरी अनुसन्धानका क्रममा कार्कीमाथि वाइसीएलका तत्कालीन ओखलढुंगा जिल्ला संयोजक यदुनाथ घिमिरेको समूहले आक्रमण गरेको खुलेको थियो। कार्की हत्यामा संलग्न भएको आरोपमा प्रहरीले घिमिरेकै समूहका सदस्य, माओवादी कार्यकर्ताहरु विमर्षाज घिमिरे, टिकाराम भुजेल, लालबहादुर भुजेल, देवबहादुर कटवाल, दिलबहादुर सार्की, चन्द्रबहादुर कार्कीलाई पक्राउ गरी ज्यान मुद्दा चलाएको थियो। 

पछि लालबहादुर भुजेल, देवबहादुर कटवाल र दिलबहादुर सार्की छुटेका थिए। तर,  कार्कीको मृत्यु भएदेखि नै ओखलढुंगाको साविक पोखरे गाविस–३ का ‘अडिग’ भनिने यदुनाथ घिमिरे भने फरार रहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई वर्षदेखि फरार रहेका घिमिरेलाई मोरङको दुलारीबाट २०६९ चैत १३ गते इलाका प्रहरी कार्यालय वेलबारीले पक्राउ गरेको थियो। पक्राउ परेका घिमिरेलाई पनि अदालतले एमाले नेता कार्की हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजाय सुनाए पनि घिमिरे पहुँचको आधारमा ८ वर्षमै रिहा भएका छन्। 

भाइ हत्याका दोषी पनि छुटे 
एमाले नेता कार्कीको हत्यामा संलग्न भएको भन्दै उनकी श्रमती सकुन्तला कार्कीले जेठाजू, छबिलालका दाई चन्द्रकुमार कार्कीविरुद्ध पनि जाहेरी दिएकी थिइन्। 
भाइ छविलालको हत्या भएलगत्तै चन्द्रकुमार पक्राउ परेका थिए। चन्द्रकुमारलाई ओखलढुंगा जिल्ला अदालतले भाइको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। त्यसविरुद्ध उनी पुनरावेदन र सर्वोच्च अदालतसमेत पुगेका थिए। तर, दुबै अदालतबाट जिल्लाकै फैसला सदर भएको थियो। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले २०७६ असोज ११ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। 

तीन तहकै अदालतबाट हत्यामा दोषी ठहर भएका चन्द्रकुमार पनि ५० प्रतिशत मात्र कैद भुक्तान गरेर रिहा भएका छन्। 

मजदुरका हत्यारा पनि छुटे 
कैद माफी–मिनाहाका लागि निश्चित प्रक्रिया तोकिएको छ। माफी मिनाहा हुनसक्ने अपराधमा आधा सजाय भुक्तान गरिसकेका अभियुक्तलाई असल चालचलन देखेमा सरकारले बाँकी सजाय माफी मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गर्छ। तर, आममाफीका सवालमा भने राजनीतिक पहुँचको हदैसम्म दुरुपयोग हुनेगरेको छ। यसमा एक दिन पनि सजाय भुक्तान नगरेकाले समेत अपराधबाट उन्मुक्ति पाउँछन्। यस्तै पहुँचका आधारमा मजदुरको हत्याका अभियुक्तलाई समेत यसपालि देउवा सरकारले उन्मुक्ति दिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७० असोज पहिलो साता रामेछाप, लखनपुरका ३३ वर्षीय नारायण मगरको हत्या भएको थियो। दोलखाको साविक लामाबगर गाविस–२ मा रहेको सिनो हाइड्रोमा कार्यरत मगरलाई राति साढे ११ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। हतियार प्रयोगबाट गम्भीर घाइते मगरलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा बाटोमै मत्यु भएको थियो। 
प्रहरी अनुसन्धानमा मगरको हत्यामा संलग्न देखिएपछि तत्कालै दोलखाको साविक वोच गाविस–७ का रामचन्द्र कार्की (खत्री), वोच–९ का दिलीप खत्री, भीमेश्वर नगरपालिका–१३ का रमेश केसी र भिमेश्वर–११ का ओमशरण थापा पक्राउ परेका थिए। त्यसबेला दोलखाका तत्कालीन डिएसपी सुरेन्द्र काफ्लेले उनीहरुलाई हत्या भएको ३ घण्टा नबित्दै पक्राउ गरिएको बताएका थिए। 

मगरको हत्यामा दोषी समेत ठहर भएका उनीहरुमध्ये ३ जनालाई देउवा सरकारले आममाफी दिएर ‘पुरस्कृत’ गरेको छ। स्रोतका अनुसार रमेश केसी, दीलिप खत्री, रामचन्द्र कार्की (खत्री) रिहा भइसकेका छन्।  

जनमोर्चा कार्यकर्तालाई पनि आममाफी 
देउवा सरकारबाट संविधान दिवसका दिन आममाफी पाउने ८ जनामध्ये हुन् मनबहादुर श्रीष, ओमकार श्रीष र श्रीप्रसाद थापा। उनीहरु ५० प्रतिशत पनि कैद भुक्तान नगरी आममाफी पाएर छुटेका छन्। 

कुटपिट तथा अंगभंग मुद्दामा उनीहरु तीनै जनालाई बागलुङ जिल्ला अदालतले दोषी ठहर गरेको थियो। २०६७ जेठ २७ र २०७१ वैशाख ४ गते उनीहरुलाई अदालतले २ वर्ष कैद सजाय सुनाएको थियो। 

तर, उनीहरु फरार थिए। फरार अपराधी खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङले २०७७ असोज १८ गते बागलुङको जैमनी नगरपालिका–१०, राङ्खानीका ५३ वर्षीय मनबहादुर श्रीषलाई पक्राउ गरेको थियो। त्यसको ९ दिनपछि सोही मुद्दामा २ वर्ष कैद सजाय सुनाइए पनि फरार रहेका राङखानी–५ का ३५ वर्षीय श्रीप्रसाद थापा र राङखानी–५ कै ३२ वर्षीय ओमकार श्रीष पक्राउ परेका थिए। 

कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भएपनि श्रीप्रसाद एक दशकदेखि फरार थिए। गत वर्ष असोज २७ गते पक्राउ परे पनि पहुँचको आधारमा उनी पूरा समय जेल नबसेरै छुटे। थापा राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघका जिल्ला सचिवालय सदस्य हुन्। उनको पार्टी अहिले सत्तागठबन्धनको घटक छ। 

पहुँच कतिसम्म भने पक्राउ पर्नु ४ दिन अघिसम्म थापा सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुँदै आएका थिए। युवक संघले गरेको राङखानी–१० को वडा भेलामा उनी अतिथि भएर पुगेका थिए। त्यसको ४ दिनपछि उनी पक्राउ परेका थिए। 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि प्रजातन्त्र दिवसका अवसरमा  दिएको कैद माफी–मिनाहामा यस्तै मनपरी गरेको थियो। 

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेल जेल परेका थिए। जेलमै पौडेलको हत्या भएको थियो। उनको हत्यामा जन्म कैदको सजाय पाएका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई ओली सरकारले रिहा गरेको थियो। त्यसबेला पनि आममाफीका नाममा एक दिन पनि जेल नबसेका सात जनालाई अभियोगबाट उन्मुक्ति दिइएको थियो। 
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्