काठमाडौं- भारतको झारखण्डस्थित लटेहार जिल्लामा ‘करम दल’ विसर्जन गर्न गएका सात बालिकाको डुबेर मृत्यु भएको छ। उनीहरु मध्ये ६ जना एउटै परिवारका हुन्।
लातेहारका डिप्टी कमिश्नर (डीसी) अबु इमरानले यसको पुष्टि गरेका हुन्। उनले भने, ‘घटना बालुमठ प्रहरी स्टेशनको बुकरु गाँउमा भएको हो। १०–२० वर्ष उमेर समूहका सात केटीहरु करम पूजा को विसर्जन गर्न गएको बेला घटना घटेको हो।’
यो घटनाको प्रत्यक्षदर्शीले अर्का बालिकालाई बचाउन खोज्दा सबै बालिका डुबेको बताए।
‘करम दलको विसर्जनको समयमा यी केटीहरु चिप्लिएर एक गहिरो पोखरीमा खसे। यी मध्ये चार केटीहरुको घटनास्थलमै मृत्यु भयो। बाँकी तीनको अस्पतालमा मृत्यु भयो,’ उनले भने।
यस घटनापछि आक्रोशित गाउँलेहरुले बालुमठ प्रहरी स्टेशन अगाडी सडक अवरुद्ध गरेर मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।