काठमाडौं- पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। घटनामा १९ जनाभन्दा बढी घाइते भएका छन्।
स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो उक्त विस्फोट भएको हो। उक्त विस्फोट तालिबानको एक गश्ती गाडीलाई लक्षित गरिएको जनाइएको छ।
तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गरेपछि भएको यो पहिलो विस्फोट हो।
‘अहिलेसम्म दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको खबर छ,’ तालिबान एक अधिकारीले भने,‘घाइते मध्ये महिला र बालबालिका धरै छन्।’
विष्फोटको कारण र क्षतिको यकिन गर्न अनुसन्धान जारी रहेको छ।
जलालाबाद अफगानिस्तानको इस्लामिक स्टेट समूहको केन्द्रबिन्दु नान्गरहारको राजधानी हो। जसले अगस्तको अन्त्यमा काबुल विमानस्थलमा १०० भन्दा बढी मानिसको ज्यान जाने गरी भएको हमलाको जिम्मेवारी लिएको थियो।
पूर्व सरकारलाई सत्ताच्युत गरी तालिबान अगस्टको मध्यमा सत्तामा फर्किए र उनीहरुले देशमा शान्ति र सुरक्षा बहाल गर्ने वाचा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।