काठमाडौं- पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले कांग्रेस विधायक दलको बैठक अघि राजीनामा दिएका छन्।
राजभवन पुगेर उनले शनिबार गभर्नर बनवारीलाल पुरोहितलाई राजीनामा बुझाएका हुन्।
सिंहलेको साथमा उनका मुख्यसचिव सुरेशकुमार, सांसद प्रनीत कौर र अन्य वरिष्ठ सहकर्मीहरु थिए। उनले आफ्नो सरकारी निवासमा आफ्ना समर्थक मन्त्रीहरु र विधायकहरुसँग छलफल गरेर राजीनामा बुझाएका हुन्।
उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई बिहानै आफ्नो राजीनामा बारे जानकारी गराएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।