काठमाडौं- एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले संविधान सुधारमा गर्भपतन, समलिंगी विवाहलाई वैधानिकता र इच्छा मृत्युको अनुमति राख्न अस्वीकार गरेका छन्।
सरकारले चाँडै संसदमा संविधान सुधारका लागि प्रस्ताव लैजाने तयारी गरिरहँदा शुक्रबार उनले यस्तो बताएका हुन्।
राष्ट्रपति बुकेले गर्भपतन समलिंगी विवाह र इच्छा मृत्युबारेको प्रस्ताव पहिले अध्ययन गर्ने बताए। उक्त प्रस्ताव बुकेको अनुरोधमा गत वर्ष वकिलको एक समूहले मानवअधिकार कानुन, राजनीतिक र आर्थिक अर्थव्यवस्था र राज्यको न्यायीक संरचनामा परिवर्तनका लागि तयार गरिएको थियो।
अमेरिकी मुलुक एल्साल्भाडोर गर्भपतन सम्बन्धी कडा कानुन रहेको छ।
समलिंगी विवाह र गर्भपतनबारे राष्ट्रपतिको घोषणालाई उनका आलोचकले स्वागत गरेका छन्। बुकेले राष्ट्रपतिको कार्यकाल पाँचबाट बढाएर छ वर्ष बनाउने योजनाबारे भने केही उल्लेख गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।