काठमाडौं- अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्बन्धमा भएको विवादका कारण नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले राजीनामा दिएकी छन्।
अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भए पछि उनले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएकी हुन्।
उनले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेशमन्त्रीलाई दिइएको छ।
विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आएकी थिइन्। तर संसदले समेत उनको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएका थिए।
‘मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई मैले राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु,’ बिलेभेल्डले भनिन्।
उनले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफु अझै पनि अडिग नै रहेको जानकारी दिइन्।
यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिएका थिए। उनलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।