काठमाडौं- अफगानिस्तानको महिला मामिला मन्त्रालयमा कार्यरत कर्मचारीहरुले तालिबानले आफ्नो कार्यालय जानबाट रोकेको आरोप लगाएका छन्।
विगत तीन हप्तादेखि आफूहरु कार्यालयमा जान नपाएको उनीहरुले बताएका छन्। अफगानिस्तानको सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। जसमा एक महिला भनिरहेकी छिन्, ‘हामी सबैलाई जम्मा गर, पेट्रोल वा बमले मार।’
महिला कर्मचारी भन्छिन्– उनी आफ्नो परिवारमा एक मात्र कमाउने व्यक्ति हुन्।
तालिबानले महिला मामिला सम्बन्धी मन्त्रालय खारेज गरेको छ। तालिबानले महिलाहरुलाई नयाँ बनेको सरकारमा सामेल नगराउनेसमेत जनाइसकेको छ।
यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रका कार्यरत महिला कर्मचारीहरुलाई भने काममा फर्किन तालिबानहरुले आग्रह गरेको छ।
सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा महिला मन्त्रालय बाहिरको बोर्ड हटाइएको छ।
महिला मन्त्रालयको सट्टा यो ‘इस्लामिक मूल्य र दिशानिर्देश आपराधिक गतिविधिहरुको रोकथाम मन्त्रालय’ हो लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।