काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले बाहिरी शक्तिहरुलाई अरु कुनै देशमा हस्तक्षेप गर्न नदिने बताएका छन्।
सांघाई सहयोग संगठनको बैठकमा सीले भिडियो कलमार्फत् ताजिकिस्तानमा जारी सम्मेलनमा सहभागी देशका राष्ट्र प्रमुखहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
‘विश्वका देशहरुलाई आफ्नो शासन प्रणाली छनोट गर्ने र आफ्नो प्रगतिको बाटो खोज्न दिनुपर्छ,’ उनले भने। उनले विकासको जिम्मेवारी र देशको भविष्यबारे निर्णय गर्नको लागि उनीहरुलाई नै दिनुपर्नेसमेत बताए।
यद्यपि, सीले कुनै देशको नाम लिएनन्, तर यो हालको अन्तर्राष्ट्रिय घटनाहरुबाट अफगानिस्तानको सन्दर्भमा भनेका हुन्। सीले अफगानिस्तानमा सान्दर्भिक पक्षहरुलाई आतंकवाद उन्मूलन गर्न आग्रह पनि गरेका छन्।
चीनको सीमा अफगानिस्तानसँग जोडिएको छ, जहाँ तालिबानले यस महिना नयाँ सरकार गठन गरेका छन्। इस्लामिक उग्रवादी समूहले अगस्टमा अमेरिकाको नेतृत्वमा रहेको विदेशी सेनाले आफ्नो २० वर्षे उपस्थिति समाप्त गरेपछि नियन्त्रण कायम गरेको थियो।
सी भने,‘अफगानिस्तानलाई अधिक खुला र समावेशी बनाउनु पर्छ। मध्यम, घरेलु र विदेशी नीतिहरु अपनाउनको लागि निर्देशित गरिएको छ।’ केही देशहरुले अफगानिस्तानको भावी विकासको लागि आफ्नो जिम्मेवार ठान्नुपर्ने समेत उनले बताए।
विज्ञहरुका अनुसार अफगानिस्तानको अर्थतन्त्र संकटमा छ र मानवीय विपत्ति आउन सक्छ। पश्चिमी राष्ट्रहरु तालिबानलाई मानव अधिकार, विशेष गरी महिलाहरुको अधिकारको रक्षा गर्न आग्रह गरिरहेका छन्। उक्त दुई शर्त पुरा गरे युद्धग्रस्त अफगानिस्तानलाई सहयोग गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन्।
चीनले अफगानिस्तानलाई सहायता र कोभिड-१९ को खोप दिने प्रतिज्ञा गरेको छ। चीन आफ्नो पश्चिमी क्षेत्र सिन्जियाङका आतंकवादीबारे चिन्तित छ। जसमध्ये केही अफगानिस्तानबाट घुसपैठ गरिरहेका छन्। उनीहरु लामो समयदेखि तालिबानको सहयोगी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।