काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका धरै बालबिालकाको पठनपाठनमा समस्या भएको जनाएको छ।
युनिसेफले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार विश्वका कतिपय देशका बालबालिका अहिले पनि विद्यालय जान पाएका छैनन्।
गत १८ महिनायता विश्वका विभिन्न ६ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुको विद्यालय पूर्ण रुपमा बन्द भएको प्रतिवेदनमा उल्लेख छ।
ती छ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन्। ती देशमा कोभिड १९ को समस्या व्यापक बन्दै गएपछि यसका कारण उनीहरु विद्यालय आउन पनि पाएका छैनन्।
त्यसैगरी विश्वका अन्य ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन् तर उनीहरुले पनि महामारी सुरु भएको गएको १८ महिनामा छ महिना पनि नियमित रुपमा पढ्न पाएका छैनन्।
त्यस्तै विश्वका करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरु पूर्ण रुपमा वा आंशिक रुपमा खोल्ने र पठन पाठन गर्न पाउने गरेका देखिएको छ।
युनिसेफले कोरोना भााइरसका कारण विश्वका बालबालिकामा अध्ययनका लागि परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।