काठमाडौं- संयुक्त राष्ट्रसंघको प्रतिनिधिमण्डलले अफगानिस्तानका गृहमन्त्री सिराजुद्दीन हक्कानीसँग भेटवार्ता गरेका छन्।
तालिबानका प्रवक्ता सोहेल शाहीनका अनुसार हक्कानीसँग अफगानिस्तान लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख डेब्रा लियोन्स र उनको टोलीले बिहीबार भेट गरेका हुन्।
भेटमा देशमा मानवीय सहायता पुर्याउनका लागि कुराकानी भएको बताइएको छ।
शाहीनका अनुसार हक्कानीले संयुक्त राष्ट्रसंघले अफगान जनतालाई कुनै प्रतिबन्ध बिना मद्दत गर्न काम गर्नुपर्ने कुरा उठाएका थिए।
यता, संयुक्त राष्ट्र संघले उनीसँगको भेटको जानकारी दिँदै अफगानिस्तानको स्थिति सुधार गर्न सामूहिक प्रयासहरुमा पारस्परिक विश्वासको आवश्यकता रहेको बताइएको छ।
जसमा अर्थव्यवस्थाको सुधार, सरकारी कर्मचारीहरुको सुरक्षा, स्वास्थ्य अधिकारीहरुको तलब र औषधि र खानाको उपलब्धता समावेश छ।
लायन्सले अफगानिस्तानको नयाँ गुप्तचर प्रमुख अब्दुल हक वसीकसँग पनि भेट गरी संयुक्त राष्ट्र संघका अधिकारीहरुको सुरक्षा र तथाकथित इस्लामिक स्टेटको खतराबारे छलफल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।