काठमाडौं- अफगानिस्तानको केन्द्रीय बैंकले पूर्ववरिष्ठ सरकारी अधिकारीबाट एक करोड २४ लाख डलर र सुन जफत गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले पूर्व सरकारका उपराष्ट्रपति अमरुल्लाह सलेहलगायतका वरिष्ठ सरकारी अधिकारीबाट उक्त नगद तथा सुन जफत गरेको जानकारी दिएको हो।
यी सबै पैसा तथा सुन उनीहरुको घरमा राखिएको थियो। तर, के प्रयोजनका लागि उक्त पैसा राखिएको हो भन्ने खुल्न नसकेको बताइएको छ।
यसअघि उपराष्ट्रपति सालेहको घरबाट ठूलो मात्रामा पैसा र सुनको इँटा बरामद गरेको तालिबानले दाबी गरेको थियो।
तालिबानका लडाकूले एक भिडिओ जारी गर्दै उपराष्ट्रपति सालेहको घरबाट ६५ लाख डलर रकम र १५ वटा सुनको इँटा बरामद गरेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।