काठमाडौं- फ्रान्सले ग्रेटर सहारामा इस्लामिक स्टेट समूहका ठूला नेतालाई मारेको दाबी गरेको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अदनान अबू वालिद अल सहरावीको मृत्युलाई अफ्रिकाको साहेल क्षेत्रमा आतंकवादको विरुद्धको लडाइमा एक ठूलो सफलता भएको बताएको बीबीसीले उल्लेख गरेको छ।
फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले यस कारबाही चरमपन्थीविरुद्धको एक निर्णायक प्रहार भएको बताए।
तर, फ्रान्सले अल-सहरावीलाई कहाँ र कसरी मारियो भनेर उल्लेख गरेको छैन।
अल-सहरवीको समूहले आम मानिसमाथि हमला गर्ने गरेको थियो। यस समूहले फ्रान्सेली सहायताकर्मी र अमेरिकी विशेष सैनिक बललाई पनि निशाना बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।