काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन ९० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
चाँदीको मूल्य भने मंगलबारदेखि नै स्थिर रहेको छ। आज पनि चाँदी १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।