• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

किन सुध्रिएन नेपालको ब्याटिङ समस्या? के छन् विकल्प?

64x64
प्रकाश गुरागाईं बुधबार, भदौ ३०, २०७८  १३:५५
1140x725

काठमाडौँ– गएको सोमबार अमेरिकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा जित हासिल गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले मिडियासँग भनेका थिए, ‘हाम्रो ब्याटिङ सुध्रिएको छ। तर, राम्रो सुरुआतलाई ब्याट्स्म्यानहरुले अन्तसम्म लैजान सकेका छैनन्। सानो गल्तीले विकेट गएको छ।’ 

ज्ञानेन्द्रले जे भने, त्यो नेपालको परम्परागत समस्या हो। ओमानविरुद्ध मंगलबारको खेलमा पनि नेपाली ब्याट्स्म्यानले त्यस्तै ‘साना’ गल्ती दोहोर्‍याए। र, त्यसमध्ये एक जना ज्ञानेन्द्र आफैँ थिए।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार ओमानविरुद्ध मध्यक्रमका कोही पनि ब्याट्स्म्यान क्रिजमा लामो समय टिक्न सकेनन्। नेपालले पहिलो इनिङमा २०० रन पनि कटाउन सकेन। त्यही कारण टस जितेर ब्याटिङ रोजेको ओडीआईमा नेपाल पहिलो पटक पराजित भयो। यसअघि सात पटक टस जित्दा नेपालले तीन पटक पहिला ब्याटिङ गरेको थियो र सबै खेलमा जित हासिल गरेको थियो।

हिजोको खेलसहित नेपालले पहिलो इनिङमा तीन पटक २०० रन कटाउन सकेको छैन। तीमध्ये एक खेल मात्र जितेको छ। अमेरिकाविरुद्ध ८ फेब्रुअरी २०२० मा कीर्तिपुरमा १९० रन मात्र बनाउँदा पनि नेपाल लक्ष्य जोगाउन सफल भएको थियो। तर, मंगलबार ओमानसँग र २५ जनवरी २०१९ मा दुबईमा युएईसँग नेपालले हार बेहोरेको हो। युएईविरुद्ध नेपाल ११३ रनमा नै अलआउट भएको थियो, जुन नेपालको पहिलो इनिङको अहिलेसम्मकै कम रन हो।

मंगलबार ओमानविरुद्ध नेपालको इनिङ सुरुदेखि नै धर्मरायो। पहिलो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई शून्य रनमा गुमाउँदा स्कोरबोर्डमा नेपाल ०–१ को स्थितिमा थियो। तर, अर्का ओपनर आसिफ सेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे। हिजोको खेलमा यो नै नेपालका तर्फबाट सर्वाधिक रनको साझेदारी थियो।

चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरी टिममा नभएपछि चौँथो नम्बरमा ब्याटिङको मौका पाएका रोहितकुमार पौडेलले आसिफसँग तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे। त्यति बेला नेपाल २३.४ ओभरमा १००–३ को अवस्थामा थियो।

आसिफले ओपनिङमा आएर ९० रन बनाए। कोही पनि ओपनरले नेपालका तर्फबाट एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा बनाएको यो नै अहिलेसम्मको सर्वाधिक रन हो। तर, क्रिजमा जमिसकेका ज्ञानेन्द्र र रोहितले आसिफलाई लामो समय साथ दिन सकेनन्। दुवै ब्याट्स्म्यान गलत सट खेलेर बाहिरिए।

ज्ञानेन्द्र २१ र रोहित २० रनमा पभेलियन फर्किए। त्यसपछि क्रिजमा आएका विनोद भण्डारीले पनि जिम्मेवारीपूर्ण पारी खेलेनन्। उनी छक्का लगाउने प्रयासमा बाउन्ड्री लाइनमा क्याच भए। जबकि आसिफले रन बनाइरहेको अवस्थामा उनले क्रिजमा टिकेर साथ दिनु आवश्यक थियो।

Ncell 2
Ncell 2
nimb
nimb

क्रिजमा आसिफ र ज्ञानेन्द्र हुँदा नेपालको रनरेट पाँच नाघिसकेको थियो। आसिफ र रोहितले पनि रनरेटलाई धेरै घट्न दिएका थिएनन्। तर, त्यसपछिका ब्याट्स्म्यान लगातार बाहिरिँदा नेपाल धर्मरायो।

मध्यक्रममा आएर इनिङ सम्हाल्नेभन्दा छक्का लगाउन प्रयास गर्ने विनोदको सोच खराब क्रिकेटको नमूना हो। त्यसैगरी आसिफ सेखसँग खराब ‘कम्युनिकेसन’ का कारण सोमपाल रन आउट भए। यस्ता गल्ती अनुभवी खेलाडीबाट अपेक्षित हुँदैन।

ब्याटिङमा के बदलियो?
डेभ ह्वाटमोर नेपालको प्रशिक्षक नियुक्त भएपछि उनले गरेको पहिलो परिवर्तन हो, ओपनिङ जोडी। उनको प्रयोगले टी२० अन्तराष्ट्रियमा प्रभाव छाड्यो। मलेसिया र नेदरल्याण्ड्सविरुद्ध कीर्तिपुरमा गएको वैशाखमा भएको सिरिजमा नेपालले गतिलो ब्याटिङ गरेको थियो। प्रायः खेलमा ओपनर कुशल भुर्तेल र आसिफ सेखको जोडी जमेको थियो।

ओडीआईमा भने कुशल र आसिफको जोडीले टी२० कै छाप छाड्न सकेको छैन। उनीहरुले ओमान भ्रमणका क्रममा अहिलेसम्म चार वटा ओडीआईमा ओपनिङ गर्दा एकपटक मात्र ५० रनमाथिको साझेदारी गरेका छन्। लिग–२ अन्तर्गतको पहिलो खेलमा अमेरिकाविरुद्ध उनीहरुले ६६ रनको साझेदारी गरे। यो नेपालको ओपनिङ जोडीले गरेको अहिलेसम्मकै उच्च साझेदारी हो।

Xtrem

Xtrem

त्यस्तै ओमानमा पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध दुवै जनाले ओडीआईमा एक साथ डेब्यु गरेका थिए। उक्त खेलमा पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे। त्यस यता उनीहरुले चार खेलमा एक–एक वटा अर्धशतक बनाएका छन्।

कुशलले पीएनजीविरुद्धको पहिलो खेलमा १५ र दोस्रोमा ३ रन बनाए। त्यसैगरी अमेरिकाविरुद्ध ९३ बलमा ८४ रन बनाएका उनी ओमानविरुद्ध भने दोस्रो बलमा नै डक आउट भए। उता पीएनजीविरुद्ध पहिलो खेलमा ३० रन बनाएका आसिफ पनि दोस्रो खेलमा ३ रनमा बाहिरिए। अमेरिकाविरुद्ध पहिलो विकेटका लागि कुशलसँग कीर्तिमानी साझेदारी गर्ने क्रममा २३ रन बनाएका उनले ओमानविरुद्ध ९० रन बनाए।

यो पनि पढ्नुहोस्

सुध्रिनै सकेन नेपालको फास्ट बलिङ

पीएनजीविरुद्धको दोस्रो खेलमा दुवै जनाको ब्याट नचल्दा मध्यक्रममा ज्ञानेन्द्र मल्ल ४५ र रोहितकुमार पौडेलले ८६ रन बनाएका थिए। तल्लो क्रममा आएर करण केसीले ४२ रन बनाउँदै २३१ रनको लक्ष्य पार गराउँदै नेपाललाई जित दिलाएका थिए। मध्यक्रममा अमेरिकाविरुद्ध पनि रोहितको ब्याट चलेको थियो। उनले ६२ रन बनाउने क्रममा दुई ओडीआईमा लगातार अर्धशतक बनाए। उनी नेपालबाट अहिलेसम्म सर्वाधिक तीन अर्धशतक बनाउने ब्याट्स्म्यान भएका छन्।

तर, ओमानविरुद्ध न ओपनर जोडी टिक्यो, न मध्यक्रम नै। पिचको एउटा एन्डबाट आसिफले रन बनाइरहँदा अर्को एन्डबाट विकेट गइरह्यो। मध्यक्रमको ‘सट सेलेक्सन’ र दुई खेलाडीबीचको समन्वय कमजोर थियो। ज्ञानेन्द्र र रोहित सजिलो बलमा खराब सट खेलेर बाहिरिए। सोमपाल कामी र सन्दीप लामिछाने रन आउट भए। ओमान भ्रमणमा बलिङमा औषत प्रदर्शन गरिरहेका कुशल मल्लको ब्याट चल्नै सकेको छैन।

पीएनजीविरुद्धको पहिलो खेलमा मौका पाएका शरद भेषवाकर र आरिफ सेख त्यसपछि लगातार बेञ्चमा छन्। उक्त खेलमा दुवैको ब्याट चलेको थिएन। शरद दबाबमा निकै सुस्त ब्याटिङ गर्छन्। तर, आरिफ दबाब झेलेर रनको गति बढाउन सक्छन्।

उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइते भएपछि रोहित पौडेलले चौँथो स्थानमा ब्याटिङ गर्दा अहिले पाँचौँ स्थानमा भर दिने ब्याट्स्म्यानको कमी देखिएको छ। ह्वाटमोरले नयाँ ओपनिङ जोडी ल्याएर कप्तान ज्ञानेन्द्रलाई तेस्रो स्थानमा झार्नु उपयुक्त निर्णय हो। तर, विनोद भण्डारीलाई पाँचौँ स्थानमा ल्याउनु ओमानसँग जस्तै टिमको हारको कारण बन्न सक्छ।

ओमानविरुद्ध विनोदले धैर्य देखाएको भए नतिजा फरक हुनसक्थ्यो। उनी प्रायः हतारमा हुने गर्छन्। केही बल बाउन्ड्री लागेन भने उनी चौका वा छक्काको प्रयासमा बाहिरिन्छन्। उनको लागि पाँचौँ नभइ छैटौँ वा सातौँ स्थान उपयुक्त हो। उनले नेपालबाट धेरैजसो छैटौँ नम्बरमा नै ब्याटिङ गरेका छन्। बेञ्चमा रहेका आरिफ सेखलाई पाँचौँ स्थानमा ल्याए नेपालको ब्याटिङ सुध्रने अपेक्षा गर्न सकिन्छ।

ह्वाटमोरको विश्वास युवा खेलाडीमा
पारस खड्काले प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा कुनै पनि खेल खेलेनन्। मलेसिया र नेदरल्याण्ड्सविरुद्धको सिरिजमा उनले व्यक्तिगत कारणले नाम फिर्ता लिए। त्यसपछि अन्तराष्ट्रिय क्रिकेटबाटै सन्यास लिए।

अहिले नेपाली क्रिकेट टोलीले मध्यक्रममा उनको अभाव झेलिरहेको छ। पारसले १० ओडीआई खेल्दा आठ वटामा तेस्रो स्थान र एउटामा चौँथो स्थानमा ब्याटिङ गरेर मध्यक्रम सम्हालेका थिए। तर, अहिले ‘वरिष्ठ खेलाडी’हरु चल्न सकेका छैनन् भने युवा खेलाडीमा ‘कन्सिस्टेन्सी’ छैन।

यो पनि पढ्नुहोस्

‘पारस युग’पछि कसले सम्हाल्ला ब्याटिङक्रमको तेस्रो स्थान?

ओमान भ्रमणमा रहेका खेलाडीमध्ये तीन जना, कप्तान ज्ञानेन्द्र, शरद र विनोद ३० वर्षमाथिका छन्। दुई खेलाडी कुशल मल्ल र रोहित १९ वर्षभन्दा मुनिका छन्। सबैभन्दा कान्छा खेलाडी कुशल मल्ल साढे १७ वर्षका हुन्। आसिफ २० र सन्दीप लामिछाने २१ वर्षका छन्।

पछिल्लो चार ओडीआईमा नेपालबाट सर्वाधिक रन बनाउनेको सूचीमा तीन युवा ब्याट्स्म्यान नै छन्। जसमध्ये रोहितले सर्वाधिक २०९ रन बनाएका छन्। त्यसैगरी ओपनरद्वय आसिफ सेख १४६ र कुशल भुर्तेलले १०२ रन बनाएका छन्। अन्यले चार खेल खेल्दा १०० रन पनि कटाएका छैनन्।

मंगलबार ओमानविरुद्धको खेल चलिरहँदा कमेन्टेटरले अहिले प्रायः एसोसिएट देशहरु युवा खेलाडीमा भर परेको बताइरहेका थिए। तर, लिग–२ का ओमान, युएई र अमेरिकाका अधिकांश खेलाडी भारत, पाकिस्तान, श्रीलंका, वेष्ट इन्डिजजस्ता देशका आप्रवासीहरु छन्। त्यसैले नेपालबाट युवा खेलाडीले मौका पाइरहँदा भविष्यमा राम्रै फड्को मार्नसक्ने अपेक्षा भने गर्न सकिन्छ।

ओमान भ्रमणमा युवा खेलाडीको प्रदर्शन अब्बल छ। युवा खेलाडीलाई प्रशिक्षण दिनसमेत सहज हुने नेपालका पूर्वप्रशिक्षक जगत टमाटाको भनाइ छ। ह्वाटमोर नेपाल आएको केही समयपछि उनले प्रतिक्रिया दिने क्रममा भनेका थिए, ‘टिमका वरिष्ठ खेलाडीलाई प्रशिक्षकले टेक्निक सिकाएर हुँदैन, उनीहरु आफ्नो शैलीमा सेट हुन्छन्। ती खेलाडीमा आत्मविश्वास भरिदिने हो। तर, नयाँ खेलाडीलाई टेक्निकमा ध्यान दिन लगाउनुपर्छ र आत्मविश्वास पनि जगाउनुपर्छ। ह्वाटमोरको रणनीति संभवतः त्यस्तै हुनसक्छ।’

ह्वाटमोरका लागि अन्तिम दुई खेल बाँकी
डेभ ह्वाटमोरले प्रशिक्षकबाट राजीनामा दिइसकेका छन्। अब अमेरिका र ओमानसँग हुने एक–एक खेल नेपालका लागि उनको अन्तिम प्रतिश्पर्धा हुनेछन्। उनको नेतृत्वमा नेपालले अहिलेसम्म चार ओडीआई खेलेको छ। जसमध्ये तीन जित र एक हार सामेल छन्। नेपालको ओडीआई भविष्य तय गर्ने लिग–२ मा भने उनले ओमानविरुद्ध जित दिलाउन सकेनन्।

यसअघि पनि नेपाल ओमानसँग ओडीआईमा दुई पटक पराजित भइसकेको छ। घरेलु मैदानमा नै फेब्रुअरी २०२० मा भएका खेलमा नेपाल पराजित भएको थियो। त्यति बेला अमेरिकालाई भने दुवै खेलमा पराजित गरेको थियो। 

ओमानमा पनि त्यही नतिजा दोहोरिने संकेत देखिएको छ। ओमान ब्याटिङ र बलिङ दुवैमा नेपालभन्दा अब्बल देखिएको छ। उसको तीव्र गतिको बलिङ निकै राम्रो छ। मंगलबारको खेलमा पनि बिलाल खान एक्लैले ४ विकेट लिए। यता अमेरिका भने औषत टिम छ। 

अबका दुई खेलमा ओमान र अमेरिकालाई पराजित गर्न नेपालले ब्याटिङमा सुधार गर्नैपर्छ। मध्यक्रमले इनिङलाई धर्मराउन नदिए अन्तिम क्रममा आएर सोमपाल कामी र करण केसीले राम्रो ‘फिनिसिङ’ दिन सक्छन्।

तर, नेपालको फास्ट बलिङ पनि चिन्ताको विषय छ। मंगलबार ओमान र सोमबार अमेरिकाविरुद्ध नेपालका प्रमुख बलर सोमपाल कामी विकेटविहीन रहे। यसअघि उनी आठ खेलसम्म विकेटविहीन थिएनन्।

करण केसी लगातार चार खेलसम्म विकेटविहीन भए पनि ओमानविरुद्ध दुई ब्याट्स्म्यानलाई पभेलियन पठाउन सफल भए। तर, उनी निकै महङ्गो साबित भए। उनले पाँच ओभरमा ५२ रन खर्चिए।

नेपालले अब १ असोजमा अमेरिकासँग र २ असोजमा ओमानसँग खेलेर यसपटकको भ्रमण टुङ्ग्याउने छ। ६ खेलमा ६ अंक नै जोडेको नेपाल अंकतालिकामा छैटौँ स्थानमाथि उक्लिन सकेको छैन। ११ खेल खेलेको ओमान १८ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै १३ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो र आठ खेलेको स्कटल्यान्ड ९ अंकसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्