• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘पारस युग’पछि कसले सम्हाल्ला ब्याटिङक्रमको तेस्रो स्थान?

64x64
प्रकाश गुरागाईं मंगलबार, भदौ २२, २०७८  ०७:०१
1140x725
ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र आरिफ सेख

काठमाडौं- पारस खड्काका नाममा नेपाली क्रिकेटमा बग्रेल्ती कीर्तिमान छन्। त्यही कारण सन्यासपछि नेपाली क्रिकेटले उनलाई ‘मिस’ गर्नेछ। त्यसभन्दा महत्वपूर्ण चाहिँ अब नेपाली क्रिकेटमा उनको स्थान कसले लिन सक्छ भन्ने प्रश्न छ।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा नेपालका तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। १० ओडीआईमा उनले ३१५ रन बनाएका छन्।

पहिलो १० ओडीआईमा ३०० रन कटाउने उनी एक्ला ब्याट्स्म्यान हुन्। ओडीआईमा शतक हान्ने पनि उनी एक्ला ब्याट्स्म्यान हुन्। उनको नाममा ओडीआईमा एक शतक र एक अर्धशतक छन्। डेब्युमा सबैभन्दा धेरै चार विकेट लिने बलरको कीर्तिमान पनि उनकै नाममा छ।

नेपालले अहिलेसम्म खेलेका सबै १० ओडीआईमा उनी संलग्न थिए। अघिल्ला ६ ओडीआईको कप्तानी गरे। र, अर्को प्रमुख विषय– उनले नौ वटा ओडीआईमा मध्यक्रममा ब्याटिङ गरेका थिए। केही खेलमा त उनी एक्लैको प्रदर्शनको भरमा नेपालले जित हासिल गरेको छ।

पारसले १० ओडीआई खेल्दा आठ पटक तेस्रो नम्बरमा ब्याटिङ गरेका छन्। एक पटक ओपनिङमा र एक पटक चौँथो नम्बरमा खेलेका छन्। उनले युएईविरुद्ध दुबईमा २८ जनवरी २०१९ मा भएको खेलमा पनि तेस्रो नम्बरमा नै ब्याटिङ गरेर शतक बनाएका थिए।

ओपनिङमा भने उनी जमेनन्। विश्व क्रिकेट लिग–२ अन्तर्गत ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमा नै भएको खेलमा उनी ज्ञानेन्द्र मल्लसँग ओपनिङमा आएका थिए। तर, उनले १४ बलमा ३ रन मात्र बनाउन सके। १९८ रनको लक्ष्य पछ्याएको नेपाल पारस र ज्ञानेन्द्र चाँडै बाहिरिँदा १७९ रनमै समेटिएको थियो। ज्ञानेन्द्रले पनि २ रन मात्र बनाएका थिए।

पारस कतिसम्म महत्वपूर्ण खेलाडी थिए भने उनी बाहिरिँदा पूरा टिम मनोवैज्ञानिक दबाबमा पर्ने गर्थ्यो। राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य सन्जम रेग्मी तेस्रो स्थानको ब्याट्स्म्यान अनुभवी हुनुपर्ने बताउँछन्। ‘वान डाउन आउने ब्याट्स्म्यान दबाब थाम्न सक्ने र रन पनि बनाउन सक्ने हुनुपर्छ। भारतमा राहुल द्रविड, विराट काेहली र अष्ट्रेलियाका रिकी पाेन्टिङले वान डाउन ब्याटिङ गरेको हामीले देखेका हौँ, पर्याप्त अनुभव नभएका खेलाडीलाई वान डाउन पठाउन मिल्दैन,’ सन्जम भन्छन्।

पारसले एउटा ओडीआईमा चौँथो नम्बरमा ब्याटिङ गर्दा भने अर्धशतक बनाएका थिए। ३ अगष्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा उनले ६९ बलमा ५१ रन बनाएका थिए। उनको यो पहिलो अर्धशतक थियो र नेपालले पनि ओडीआईमा पहिलो जित दर्ता गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनले अन्य खेलाडीसँग गरेको साझेदारीले पनि मध्यक्रममा उनको महत्व कति थियो भन्ने देखाउँछ। युएईविरुद्ध दुबईमा २८ जनवरी २०१९ मा भएको खेलमा ज्ञानेन्द्र मल्लसँगको ६२ रनको साझेदारी दोस्रो विकेटका लागि नेपालको अहिलेसम्मको उच्च हो। त्यही खेलमा पारस र रोहितकुमार पौडेलबीच भएको ५४ रनको साझेदारी पनि पाँचौँ विकेटका लागि अहिलेसम्मको उच्च हो।

आज पपुवा न्युगिनीसँगको खेल पारसविनाको नेपालको पहिलो ओडीआई हुनेछ। १० मध्ये आठपटक तेस्रो स्थानमा ब्याटिङ गरेका पारसको स्थान अब कसले लिन सक्छ?

तेस्रो स्थानमा ज्ञानेन्द्र, शरद कि आरिफ?
पारस टिममा हुँदा उनले तेस्रो स्थान छोडेको दुई खेलमा एक–एक पटक शरद भेषवाकर र अनिल साहले ब्याटिङ गरेका थिए। ओमानविरुद्ध २०० रनभन्दा कमको योगफल पछ्याएको अवस्थामा शरदले तेस्रो नम्बरमा आएर अर्धशतक बनाएका थिए। तर, उनले सुस्त गतिमा ब्याटिङ गर्दा नेपाल विजयी हुन सकेन। उनले १०८ बलमा ५५ रन बनाएका थिए।

त्यस्तै नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा अनिल साह क्रिजमा टिक्नै सकेनन्। उनले ३ बलमा एक चौकाको मद्दतमा ४ रन मात्र बनाउन सके। यद्यपि, उक्त खेलमा पारस र सोमपालको अर्धशतकको मद्दतमा नेपाल विजयी भएको थियो। अनिल अहिले राष्ट्रिय टोलीबाट बाहिरिसकेका छन्।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

नेपाली क्रिकेटका ‘फ्रन्ट–फूटर’को सन्यास

अहिलेको टिम युवा र अनुभवीको मिश्रित छ। पारससँगै १ अगष्ट २०१८ मा डेब्यु गर्ने ११ मध्ये सात खेलाडी अहिले पनि टिममा छन्। त्यस बेलाका ‘टिम मेट’ ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने ओमान भ्रमणमा छन्। नेपालको डेब्यु खेलमा बेञ्चमा बसेका रोहितकुमार पौडेल पनि टिममा छन्। सोमपाल, करण र सन्दीप बलर हुन्।

दीपेन्द्रले चौँथो स्थानमा नै ब्याटिङ गर्ने लगभग पक्का जस्तै थियो। तर, उनी अभ्यासका क्रममा घाइते भएको क्यानका मेनेजर विनोद दासले बताएका छन्। चोटका कारण दीपेन्द्रले पहिलो ओडीआई गुमाउँदा चौँथो स्थानमा आरिफ वा शरदले ब्याटिङ गर्न सक्छन्। यसपटक ओपनिङमा नयाँ जोडी आउने निश्चित जस्तै छ। त्यसकारण ज्ञानेन्द्र, शरद र आरिफमध्येबाटै तेस्रो नम्बरमा ब्याटिङ गराउने सम्भावना छ।

सन्जम रेग्मी भने अनुभवको हिसाबले शरदलाई तेस्रो नम्बरमा ब्याटिङ गराउनु उपयुक्त मान्छन्। त्यसो भए ज्ञानेन्द्रले चौँथो नम्बरमा पनि ब्याटिङ गर्न सक्ने उनको भनाइ छ। ‘तर, ओपनिङमा दुई जना नै नयाँ खेलाडी ल्याउनु उचित हुन्न, संसारमै यस्तो हुन्न। कुशल भुर्तेल वा आसिफलाई मौका दिँदा एउटा एन्डमा ज्ञानेन्द्र मल्ल हुनुपर्छ’, सन्जम भन्छन्।

यसपटक कुशल भुर्तेल र आसिफ सेखलाई ओपनिङ ब्याटिङ जोडीको रुपमा हेरिएको छ। यसो हुँदा कप्तान ज्ञानेन्द्रले तेस्रो, आरिफले चौँथो र शरदले पाचौँ स्थानमा ब्याटिङ गर्ने संभावना बलियो छ। 

ज्ञानेन्द्र ‘क्लासिकल’ ब्याट्स्म्यान हुन्। उनलाई नेपालको सबैभन्दा राम्रो ‘टेक्निकल’ ब्याट्स्म्यान मानिन्छ। नेपालले खेलेका धेरै ‘लिष्ट ए’ मा उनले तेस्रो नम्बरमा नै ब्याटिङ गर्ने गरेका थिए। तर, नेपालको ओपनिङ लगातार ‘फ्लप’ हुन थालेपछि उनलाई इनिङको सुरुआतमा नै पठाउन थालिएको थियो।

उनले सबै १० ओडीआईमा ओपनिङ गर्दै दुई वटा अर्धशतक बनाएका छन्। नेपालका तर्फबाट ओडीआईमा दुई अर्धशतक बनाउने उनी एक्ला ब्याट्स्म्यान हुन्।

आरिफ सेखले पनि केही ‘लिष्ट ए’मा तेस्रो नम्बरमा ब्याटिङको मौका पाएका थिए। उनलाई पनि प्राविधिक रुपमा राम्रो ब्याट्स्म्यान मानिन्छ। उनी आवश्यकताअनुसार क्रिजमा टिकेर रन अगाडि बढाउन सक्ने ब्याट्स्म्यान हुन्। यदि कुशल र आसिफमध्ये एक जनाले मात्र ओपनिङमा मौका पाए ज्ञानेन्द्र माथिल्लो क्रममा नै यथावत् रहनेछन्। त्यो अवस्थामा शरद र आरिफले तेस्रो र चौँथो नम्बरमा मौका पाउन सक्छन्।

आरिफले अहिलेसम्म १० ओडीआईमा नौ इनिङ ब्याटिङ गर्न पाएका छन्। जसमा १३० रन बनाएका छन्। ओडीआईमा उनको उच्च रन २९ हो। 

युवा खेलाडीमा भरोसा 
पारस खड्काले सन्यास लिनुअघि घरेलु मैदानमा नै नेदरल्याण्ड्स र मलेसियासँग भएको त्रिकोणात्मक टी२० अन्तराष्ट्रिय श्रृङ्खला पनि खेलेनन्। तर, उक्त प्रतियोगितामा युवा खेलाडीले पारसको अभाव हुन दिएनन्।

खासगरी ओपनिङ जोडीको रुपमा दुई युवा ब्याट्स्म्यान कुशल भुर्तेल र आसिफले गतिलो प्रदर्शन गरे। नेपालका पछिल्ला पाँच खेलमा सर्वाधिक रन बनाउने खेलाडी यी दुई नै हुन्। यद्यपि, ती पाँच खेल नै टी२० आई हुन्।

कुशलले पछिल्ला पाँच खेलमा सर्वाधिक २७८ रन बनाएका छन्। त्यसैगरी आसिफले १५४ र पाँच खेलमा चार इनिङ ब्याटिङ गरेका उपकप्तान दीपेन्द्रले १४७ रन बनाएका छन्। कुशलको औसत ६९.५०, आसिफको ३८.५० र दीपेन्द्रको ७३.५० छ। 

अहिले टिममा यीबाहेक रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ, सुसन भारी, कुशल मल्ल, गुल्सन झाजस्ता युवा खेलाडी समावेश छन्। तीमध्ये रोहित ब्याट्स्म्यान तथा कुशल र पवन अलराउन्डर हुन्। 

प्रशिक्षक यसपटक युवा खेलाडीमा भर परे शरद भेषवाकरजस्ता भेट्रानले बेञ्चमा पनि बस्नुपर्ने हुनसक्छ। उनको स्थानमा रोहित पौडेलले खेल्न सक्छन्। रोहितले ओडीआईमा एक अर्धशतक बनाइसकेका छन्। 

त्यस्तै कुशल मल्ल र पवनमध्ये एक जनाले सातौँ नम्बरमा मौका पाउन सक्छन्। कुशल मल्लले पनि ओडीआईमा एक अर्धशतक बनाएका छन्। कुशल र पवन दुवै ‘फिनिसर’को भूमिका निभाउन सक्छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्