• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
नेपाली क्रिकेटका ‘फ्रन्ट–फूटर’को सन्यास
64x64
प्रकाश गुरागाईं मंगलबार, साउन १९, २०७८  १३:३५
1140x725
पारस खड्का, तस्वीर– पिटर डेल्ला पेन्ना

काठमाडौं– पारस खड्काले २८ असोज २०७६ मा राष्ट्रिय टोलीको कप्तान पदबाट एक्कासी राजीनामा घोषणा गरेर धेरैलाई आश्चर्यमा पारे। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन हटाएको भोलिपल्टै उनले सामाजिक सन्जालमार्फत् राजीनामा घोषणा गरेका थिए। 

राष्ट्रिय टोलीको कप्तानी छाडेको २२ महिनापछि पारसले समर्थकलाई फेरि आश्चर्यमा पारेका छन्। यसपालि उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको करिअरबाट सन्यासको घोषणा गरेका छन्। पछिल्ला दिनमा उनको चासो मैदानभन्दा बढी क्रिकेट व्यवस्थापनातर्फ थियो। यसअघि नै उनले आफ्नो खेलाडी जीवनपछि क्यानको नेतृत्वमा जाने भन्दै अन्तर्वार्तासमेत दिएका थिए। कप्तानबाट राजीनामा घोषणापछि गरिएको पत्रकार सम्मेलनमा पनि उनले भविष्यमा क्यानको नेतृत्व गर्ने चाहना रहेको बताएका थिए।

पारसले करिब दुई वर्षअघि कप्तान पद छाड्दा नै खेल जीवनबाट पनि चाँडै सन्यास लिनसक्ने अनुमान क्रिकेट पण्डितहरुको थियो। किनभने क्यानको विधानले खेल जीवनबाट सन्यास लिएको दुई वर्षपछि मात्र पदाधिकारी बन्न सक्ने व्यवस्था गरेको छ।

जे होस्, पारसले नेपाली क्रिकेटमा एउटा ‘सुनौलो रेखा’ कोरेका छन्। पारस क्रिकेटको क्रिजमा हुँदा मात्र होइन मैदानबाहिर पनि ‘फ्रन्टफूटर’ हुन्। उनले मैदानबाहिर हुने क्रिकेटसम्बन्धी विवादहरुमा पनि नेतृत्वदायी भूमिका देखाउने गरेका थिए। त्यसले उनलाई अन्य क्रिकेटरभन्दा फरक बनायो। यसपटक पनि उनले भविष्य आकलन गरेरै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको हुनसक्ने क्यानका एक पदाधिकारी बताउँछन्।

पारसका नाममा कीर्तिमान
नेपालले लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहँदा पारस खड्का मैदानमा रहेसम्म क्रिकेट प्रशंसक जितको आशा गरिरहेका हुन्छन्। आवश्यकता अनुसार धैर्यपूर्वक वा आक्रामक ब्याटिङ गर्न सक्ने क्षमताका कारण उनीमाथि सिंगो टिमले समेत भरोसा गरेको हुन्छ। 

उनी नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई), टी-२० अन्तर्राष्ट्रिय र लिष्ट 'ए'मा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। पारसले १० ओडीआई खेल्दा ३१५ रन बनाएका छन्। नेपालले ओडीआईमा बनाएको एक मात्र शतकको कीर्तिमान उनकै नाममा छ। 

पारसले २८ जनवरी २०१९ मा युएईविरुद्ध दुबईमा भएको ओडीआईमा ११५ रनको शतकीय इनिङ्स खेलेका थिए। त्यसबाहेक उनले ओडीआईमा एउटा अर्धशतक पनि बनाएका छन्। उनले ६ वटा ओडीआईको कप्तानी गरे। तर, घरेलु मैदान, कीर्तिपुर क्रिकेट ग्राउन्डमा भने ओडीआईको कप्तानी गर्न पाएनन्।

नेपालका लागि ब्याटिङतर्फ ओडीआईमा दोस्रो र पाँचौं विकेटका लागि ठूलो साझेदारीको कीर्तिमानमा उनको नाम पनि समावेश छ। पारसले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर २८ जनवरी २०१९ मा युएईविरुद्ध बनाएको ६२ रनको साझेदारी अहिलेसम्मकै उच्च हो। त्यस्तै त्यही खेलमा पाँचौं विकेटका लागि पारस र रोहितकुमार पौडेलबीच भएको ५४ रनको साझेदारी पनि अहिलेसम्मको उच्च हो।

Ncell 2
Ncell 2

पारस नेपाली क्रिकेटका सबभन्दा भरपर्दा अलराउण्डर हुन् भन्दा फरक पर्दैन। उनले बलिङबाट पनि नेपाली क्रिकेटमा उत्कृष्ट योगदान गरेका छन्। ओडीआईमा उनले १० खेलमा ९ इनिङ्स बलिङ गर्दा २४३ रन दिएर ९ विकेट नै लिएका छन्। 

नेपालले पहिलो ओडीआई १ अगष्ट २०१८ मा खेलेको थियो। त्यो खेलमा नेदरल्यान्ड्स्विरुद्ध पारसले २६ रन खर्चेर ४ विकेट लिएका थिए। त्यो नै बलिङमा उनको उत्कृष्ट प्रदर्शन हो।

त्यस्तै, पारसले ३३ टी-२० अन्तर्राष्ट्रिय खेल्दा ७९९ रन बनाएका छन्, जसमा एक शतक र एक अर्धशतक सामेल छ। उनले सिंगापुर ट्वान्टी-२० ट्राई–सिरिजमा सिंगापुरविरुद्ध २८ सेप्टेम्बर २०१९ मा शतक बनाएका थिए। त्यसबेला उनले ५२ बलमा ७ चौका र ९ छक्काको मद्दतमा १०६ रन बनाएका थिए। पारस टी-२० आईमा शतक बनाउने पहिलो नेपाली खेलाडी हुन्।

यही खेलबाट उनको नाममा विश्व कीर्तिमान पनि कायम भयो। रन पछ्याउने क्रममा टी-२० आईमा शतक बनाउने उनी विश्वकै पहिलो कप्तान भए। अहिलेसम्म पाँच जना कप्तानले मात्र टी-२० आईमा शतक बनाउन सकेका छन्।

shivam cement

shivam cement

पारसले नेपालका तर्फबाट ४४ लिष्ट ए खेल्दै १ हजार ४९७ रन बनाएका छन्। त्यसक्रममा तीन शतक र ९ अर्धशतक बनाएका छन्। बलिङतर्फ २६ विकेट लिएका छन्। अनौठो संयोग के छ भने, ओडीआई र लिष्ट ए दुवैमा उनको उत्कृष्ट बलिङ फिगर ४/२६ हो।

पारस खड्का गत वर्ष आईसीसीले तयार पारेको एसोसिएट राष्ट्रहरुबाट पछिल्लो दशकका उत्कृष्ट १० खेलाडीको सूचीमा पनि परेका थिए। उनको नाममा एसोसिएट राष्ट्रमध्ये सबैभन्दा लामो समय कप्तान हुने कीर्तिमान पनि छ। उनले सन् २००९ देखि २०१८ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरे। पारस त्यसबेला विनोद दासलाई प्रतिस्थापन गर्दै नेपालको कप्तान भएका थिए। त्यतिबेला उनी २२ वर्षका थिए। उनी नेपाली क्रिकेटका अहिलेसम्मकै सर्वाधिक सफल कप्तानसमेत हुन्।

क्रिकेट यात्रा : यु–१५ देखि सिनियरसम्म
पारस खड्काले सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका थिए। उनले पहिलो पटक सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरे। सन् २००५ मा भएको इन्टरकन्टिनेन्टल कपमा हङकङविरुद्ध खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्युको मौका पनि पाए उनले। सन् २००६ मा नेपालले न्यूजिल्याण्डलाई हराउँदै यु–१९ विश्वकपको प्लेट च्याम्पियन हुँदा उनी टिमका सदस्य थिए। उनले तीन पटक यु–१९ विश्वकप खेले।

पारसले नोभेम्बर २००९ मा भएको एसीसी ट्वान्टी २० मा पहिलो पटक कप्तानको जिम्मेवारी पाएका थिए। अर्को वर्ष नेपालमै भएको विश्वकप क्रिकेट लिग डिभिजन–५ को उपाधि जित्दा उनी नै कप्तान थिए। त्यतिबेला नेपालले जितेको यो सबैभन्दा ठूलो उपाधि थियो। 

त्यसपछि उनको कप्तानीमा नेपालले सन् २०१२ मा विश्व क्रिकेट लिग डिभिजन–४ को उपाधि जित्यो। लगत्तै अर्को वर्ष सन् २०१३ मा डिभिजन–३ को उपाधि पनि जित्यो।

नेपालका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा उनले सन् २०१२ मा क्यानडाको ओन्टारियो क्रिकेट एकेडेमीका लागि पनि चार महिना क्रिकेट खेले। सन् २०१३ को सिजनका लागि फेरि अनुबन्ध हुँदा उनी उक्त क्लबको उपकप्तान भएका थिए।

नेपालले सन् २०१२ मा आईसीसी विश्व टी २० क्वालिफायर खेल्दा उनले ८ इनिङ्समा २५४ रन जोडेका थिए। त्यही वर्ष युएईमा भएको एसीसी एलिट ट्रफी (५० ओभरको प्रतियोगिता) मा उनले ७२.७५ को औसतमा २९१ रन जोड्नुका साथै नौ विकेट लिएका थिए। त्यही प्रतियोगितामा कुवेतविरुद्ध उनले पहिलो शतक बनाएका थिए। उनी १० देश सहभागी उक्त प्रतियोगिताको ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका थिए।

पारस सन् २०१३ मा भएको एसीसी टी २० कपमा पनि ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका थिए। उक्त प्रतियोगितामा उनले ४१.४० को औसतमा २०७ रन बनाएका थिए। उनको कप्तानीमा बर्मुडामा भएको डिभिजन–३ को उपाधि जितेपछि नेपाल न्यूजिल्याण्डमा हुने विश्वकप छनोटमा पुगेको थियो। तर, छनोटमा राम्रो प्रदर्शन नगर्दा रेलिगेसनमा परेर फेरि डिभिजन–३ मा नै झरेको थियो।

उनको कप्तानीमा नेपालले सन् २०१४ मा टी २० विश्वकप क्रिकेट पनि खेल्यो। उक्त प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो भने बंगलादेशसँग हार व्यहोरेको थियो। 

सन् २०१५ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–२ मा उनले नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनका लागि छनोट गराएका थिए। तर, नेपाल डिभिजन–१ मा छनोट हुन सकेन। उनकै कप्तानीमा नेपालले सन् २०१७ मा विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनल खेल्यो। नेपालले २०१८ मा एक दिवसीय विश्वकप छनोटमार्फत एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाउँदा उनी नै कप्तान थिए। त्यसपछिका ६ ओडीआईमा कप्तानी गरेपछि उनले राजीनामा दिए।

विवादमा पनि ‘फ्रन्ट–फूट’
नेपाल क्रिकेट संघ र खेलाडीबीच हुने विवादमा पनि पारस खड्का पटक–पटक फसे। उनी खेलाडीको नेतृत्व गर्दै क्यानसँग टकरावमा समेत उत्रिए। कहिले खेलाडीको सुविधा र कहिले क्यान नेतृत्वको आलोचनामा उनी अग्रपंक्तिमा देखिए। तर, स्वार्थ र राजनीतिले जेलिएको क्यान नेतृत्वको आलोचना गर्दा उनले क्रिकेट समर्थकहरुबाट भने वाहवाही बटुले।

सन् २०१४ मा नियमित पठाउनुपर्ने चौमासिक रिपोर्ट नबुझाएको भन्दै क्यानले पाउने कोषबाट आईसीसीले ८४ हजार डलर कटौती गरेको थियो। त्यसलगत्तै बाङ्लादेशमा भएको टी २० विश्वकप खेलेर फर्किएका खेलाडीले पारसको नेतृत्वमा क्यानका तत्कालीन पदाधिकारीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै नाराबाजी गरेका थिए।

त्यसबेला खेलाडी त्यतिमा मात्रै रोकिएनन्। पत्रकार सम्मेलन गरेर क्यान पदाधिकारीविरुद्ध आन्दोलन पनि घोषणा गरेका थिए। खेलाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा क्यान पदाधिकारीविरुद्ध भ्रष्टाचारको उजुरी पनि दिए। अहिलेका क्यान अध्यक्ष चतुरबहादुर चन्द त्यतिबेला उपाध्यक्ष थिए भने महासचिव अशोकनाथ प्याकुरेल नै थिए। अख्तियारले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चन्द, महासचिव प्याकुरेलसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

त्यसपछि क्यानले पारसलाई कप्तानबाट हटाउने निर्णय गरेको थियो। तर, निर्णय औपचारिक रुपमा सार्वजनिक हुन नपाइ क्यानलाई नै आईसीसीले निलम्बन गरेको थियो। त्यसपछि पारसको हात माथि परेको थियो। उनी राष्ट्रिय टिमका लागि खेलाडी छनोटको हर्ताकर्ता पनि बनेका थिए।

तर, आफू नजिककालाई मात्र टिममा राख्ने गरेको भन्दै उनको आलोचना भएको थियो। वीरगञ्जका क्रिकेटर अमित श्रेष्ठले पारससँग विवाद गर्दा उनी राष्ट्रिय टिममा पर्न नसकेको आरोप लागेको थियो। अन्य केही खेलाडीले पनि पारसले एकाधिकार जमाएको भन्दै अनौपचारिक रुपमा गुनासो गर्ने गरेका थिए।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ शुक्रबार, वैशाख २६, २०८२
राष्ट्र बैंकले २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने शुक्रबार, वैशाख २६, २०८२
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्