• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सुध्रिनै सकेन नेपालको फास्ट बलिङ

64x64
प्रकाश गुरागाईं मंगलबार, भदौ २९, २०७८  १३:०५
1140x725

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत् अमेरिकाविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा तीव्र गतिका बलर सोमपाल कामी र करण केसी विकेटविहीन भए। करणको प्रदर्शन बिर्सनलायक थियो। सोमपालले पनि सम्झनलायक प्रदर्शन गरेनन्।

करण केसी पछिल्ला चार ओडीआईमा विकेटविहीन छन्। उनले ८ फेब्रुअरी २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्ध भएको खेलमा अन्तिमपटक विकेट लिएका थिए। सो खेलमा उनले १५ रन मात्र खर्चिएर चार विकेट लिएका थिए। यो नै उनको अहिलेसम्मको उत्कृष्ट बलिङ हो।

करणको बलिङ प्रदर्शन एकनासको छैन। ११ ओडीआई खेल्दा उनी ६ पटक विकेटविहीन भएका छन्। घरेलु मैदानमा भएका चार ओडीआईमा उनले आठ विकेट लिएका छन्। तर, विदेशी भूमिमा उनको प्रदर्शन चिन्ताको विषय बनेको छ। विदेशमा खेलेका सात ओडीआईमा चार पटक विकेटविहीन भएका छन् भने मात्र पाँच विकेट लिएका छन्। विदेशी भूमिमा उनको सर्वोत्कृष्ट बलिङ २/३१ हो।

सोमबार अमेरिकाविरुद्धको खेलमा उनले आफ्नो कोटाको आधा ओभर मात्र बलिङ गर्न पाए। उनको बलमा अमेरिकाका ब्याट्स्म्यानले विष्फोटक ब्याटिङ गरेपछि कप्तान ज्ञानेन्द्र मल्लले उनलाई पाँच ओभरभन्दा बढी विश्वास गरेनन्। करणले फालेका बलमा अमेरिकाले ८.२ को इकोनोमीमा ४१ रन बनायो।

करणले ओडीआईमा जम्मा एकपटक मात्र आफ्नो कोटाको पूरै १० ओभर बलिङ गरेका छन्। चारपटक त पाँच वा त्योभन्दा कम ओभर मात्र बलिङ गर्न पाएका छन्। पछिल्ला तीन ओडीआईमा उनले पाँच, चार र तीन ओभर बलिङ गरेका छन्।

यता सोमपाल कामीले पनि पछिल्ला चार ओडीआईमा गतिलो प्रदर्शन गरेका छैनन्। उनले ती चार खेलमा तीन विकेट लिएका छन्। उनका लागि सोमबारको खेल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ‘डेब्यु’ र समग्रमा नवौँ थियो।

यसअघि उनले खेलेका आठ वटै ओडीआई हरेकमा विकेट लिएका थिए। तर, नवौँ ओडीआईमा त्यो सफलतालाई कायम राख्न सकेनन्।

नेपालबाट एउटै ओडीआईमा पाँच विकेट हात पार्ने सोमपाल पहिलो बलर हुन्। उनले यो सफलता २६ जनवरी २०१९ मा दुबईमा भएको युएईविरुद्धको खेलमा हात पारेका थिए। त्यसबाहेक १ अगष्ट २०१८ मा भएको डेब्यु खेलमा तीन र त्यही वर्ष क्वालालम्पुरमा भएको युएईविरुद्धको खेलमा २ विकेट लिनुबाहेक अन्य खेलमा एक विकेट मात्र लिएका छन्। उनले पाँच पटक एक विकेट लिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सोमपालले घरेलु मैदानमा ओडीआई खेल्न पाएका छैनन्। २०२० फेब्रुअरीमा ओमान र अमेरिका ओडीआई श्रृङ्खला खेल्न नेपाल आउँदा उनी चोटग्रस्त थिए।

सोमपाल नेपालबाट ओडीआईमा सर्वाधिक विकेट लिनेको सूचीमा दोस्रो नम्बरमा छन्। अहिलेसम्म उनले नौ ओडीआईमा १५ विकेट लिएका छन्। जबकि, १३ ओडीआई खेलेका स्पिनर सन्दीप लामिछानेले आफ्नो विकेट संख्या ३५ पुर्‍याइसकेका छन्। ६ खेल मात्र खेलेका अर्का स्पिनर सुशन भारीले पनि १४ विकेट लिइसकेका छन्। उनी अहिलेसम्म कुनै पनि ओडीआईमा विकेटविहीन भएका छैनन्।

सोमपाल नेपालका सुरुआती बलर पनि हुन्। उनको बलिङले विपक्षी सुरुबाटै दबाबमा पर्न सक्यो भने त्यसको असर इनिङको अन्तिमसम्मै पर्छ। तर, विपक्षीले सुरुमा नै ब्याट चलाउन थाले भने बलियो मानिएको नेपाली स्पिनलाई पनि रनको गति रोक्न हम्मे पर्छ।

ओमान भ्रमणका क्रममा ओडीआईमा नेपालको राष्ट्रिय टिमबाट डेब्यु गर्न पाएका अर्का फास्ट बलर विक्रम सोबले भने सन्तोषजनक प्रदर्शन गरिरहेका छन्। २९ वर्षको उमेरमा गएको ७ सेप्टेम्बरमा पपुवा न्यू गिनीविरुद्ध डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका थिए। उनले ओमानमा खेलेका तीन ओडीआई सबैमा विकेट लिएका छन्। उनको विकेट संख्या पाँच पुगेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिजो अमेरिकाविरुद्ध उनले सुरुमा नै दबाब बनाउन सकेका थिए। सोमपालसँग अर्को एन्डबाट बलिङ ओपनिङ गरेका उनले आफ्नो दोस्रो ओभरमा नै अमेरिकाका स्टेभन टेलरको विकेट लिए। शतक बनाउने अमेरिकाका अर्का खेलाडी मनान्क पटेललाई पनि उनले नै पभेलियन पठाएका थिए।

तर, हिजो उनीसमेत महङ्गो साबित भए। उनले ६ ओभरमा ३३ रन खर्चिए। ओमान भ्रमणका क्रममा अहिलेसम्म भएका तीन खेलमध्ये पपुवा न्यू गिनीविरुद्ध २० रन दिएर दुई विकेट लिनु नै उनको उत्कृष्ट बलिङ प्रदर्शन हो।

उनीहरुबाहेक फास्ट बलिङ सम्हाल्न अहिले नेपालको टिममा अबिनाश बोहरा र गुल्सन झा पनि ओमानमा छन्। उनीहरुले अहिलेसम्म मौका भने पाएका छैनन्। नेपालले अरु तीन ओडीआई खेल्न बाँकी छ।

अबिनाश ओडीआई डेब्यु गरिसकेका खेलाडी हुन्। उनले दुई खेल खेल्दा कुनै विकेट लिन सकेनन्। दुवै खेल २०२० फेब्रुअरीमा दुई दिनको अन्तरमा कीर्तिपुरमा खेलेका थिए। ती खेल अमेरिका र ओमानकै विरुद्ध थिए।

गुल्सन झाले भने अहिलेसम्म राष्ट्रिय टिमबाट डेब्यु गर्न पाएका छैनन्। उनीसँग घरेलु प्रतियोगिताको पनि पर्याप्त अनुभव छैन।

क्लोज क्याम्पमा रहेर यसपटक राष्ट्रिय टिममा नपरेका कमलसिंह ऐरीले ओडीआईमा डेब्युको मौका पाइसकेका छन्। उनले २०२० फेब्रुअरी ९ मा कीर्तिपुरमा ओमानविरुद्ध ओडीआई डेब्यु गरेका थिए। उक्त खेलमा उनले चार ओभर बलिङ गर्दा २९ रन खर्चिए। तर, विकेट लिन सकेनन्। त्यसपछि उनले अन्तिम–११ मा स्थान बनाउनै सकेनन्।

नेपालका फास्ट बलरले अहिलेसम्म चार पटक मात्र कुनै पनि खेलमा तीन वा तीनभन्दा बढी विकेट लिएका छन्। सबैभन्दा धेरै विकेट र एउटै खेलमा धेरै विकेट लिने सफलता लेग स्पिनर सन्दीप लामिछानेको नाममा छ। १३ ओडीआई खेल्दा उनी दुई पटक मात्र विकेटविहीन भएका छन्। उनले एकै खेलमा ६ विकेट लिने सफलता दुई पटक हासिल गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्