काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
यस्तै, बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलवार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।