काठमाडौं– ललितपुर महानगरपालिकामा सञ्चालित विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन्।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई विद्यालय सञ्चालन गराउने अधिकार दिएसँगै महानगरपालिकाले असोज एक गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो।
भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको महानगरको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए।
विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्यका मापदण्डबारे अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायसँग अभिमुखीकरण गरी यसबारेमा महानगरमा जानकारी गराउन पनि महाशाखाले आग्रह गरेको छ।
सामुदायिक विद्यालयलाई भने आवश्यकता र मागका आधारमा स्वास्थ्य सामग्री प्रदान गर्ने महानगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।