काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुनसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले संसद्बाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुन पनि सक्ने बताएका हुन्।
उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए।
‘अब विधेयक पारित गर्न छलफल, वार्ता, सहमति हामी गरिराखेका छौँ। सहमति हुँदा त्यसलाई हामी सहमतिअनुसार पारित गर्छौं। नहुँदा नियमित प्रक्रिया पुर्याएर पारित गर्छौं। पारित गर्न केही समय ग्याप रह्यो भने पनि त्यसपछि खर्च गर्ने हुन्छ। केही समय खर्च गर्ने अवस्था नहुन पनि सक्छ। तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ,’ अर्थमन्त्री शर्माले भने।
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।