काठमाडौं- अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का नाममा नक्कली कागजात बनाएर आफूलाई समेत जोडेको भन्दै पत्रकार कनकमणि दीक्षितले प्रहरीमा उजुरी दिएका छन्।
यस्तो ‘फेक डकुमेन्ट’ले आफ्नो चरित्र हत्या भएको भन्दै उनले दोषी पत्ता लगाई साइबर कानुनअनुसार कारबाही गर्न माग गरेर सोमबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका हुन्।
एमसीए–नेपालका सीईओ खड्गबहादुर विष्टको हस्ताक्षर प्रयोग गरेर सार्वजनिक गरिएको ‘फेक डकुमेन्ट’मा एमसीएको प्रचारका लागि नामै किटेर विभिन्न टेलिभिजन, पत्रपत्रिका, अनलाइन र विज्ञहरुलाई खटाइएको उल्लेख थियो। जसमा दीक्षितको नाम पनि समावेश थियो।
यस विषयमा एमसीए–नेपालले पनि खण्डन गर्दै विज्ञप्ति जारी गरेको छ। ‘मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।