नवलपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।
ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन्।
प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो।
काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप–०२–००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन्। घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।