• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

'असल चालचलन' देखिएको भन्दै जन्मकैद मिनाहा गरिएका व्यक्ति नै बम काण्डमा पक्राउ

बम राख्दै सीडीओलाई पठाउँथे धम्कीपूर्ण म्यासेज
64x64
नारायण अधिकारी सोमबार, भदौ २८, २०७८  २०:२०
1140x725

काठमाडौं– २०७४ सालमा दशैंको अवसरमा कैद सजाय माफी पाएर जेलबाट रिहा हुने ४५६ जना बन्दीमध्ये एक थिए, पर्साको वीरगञ्ज महानगरपालिका– २४ का ३३ वर्षीय विवेक सिंह भनिने फुलहसन अन्सारी। वीरगञ्जका युवा व्यवसायी राजेश क्यालको हत्या अभियोगमा दोषी ठहर गर्दै उनलाई तीनै तहका (जिल्ला, उच्च र सर्वोच्च) अदालतबाट सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको थियो। 

तर, ४५ प्रतिशत पनि कैद सजाय भुक्तान नगरी 'असल चालचलन' देखिएको भन्दै मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ असोज २०७४ मा उनको बाँकी कैद मिनाहा गरिदिइन्। 

०००

२०६५ पुस ७ गते वीरगञ्ज–१३, आदर्शनगरका ३० वर्षीय राजेश क्यालको गोली हानी हत्या भएको थियो। प्रहरी अनुसन्धानको क्रममा क्यालको हत्यामा विवेक सिंह भनिने फुलहसन अन्सारीको संलग्नता रहेको खुलेको थियो। 

यो पनि पढ्नुहोस्

कैद माफीका नाममा कानुनीराजको उपहास : अपहरणपछि हत्यादेखि जेलभित्रै हत्या गर्नेसम्मलाई उन्मुक्तिआइतबार, फागुन ९, २०७७

जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले हत्याको एक हप्तापछि पुस १६ गते हत्यामा प्रयोग गरिएको पेस्तोलसहित फुलहसनलाई पक्राउ गरेको थियो। जिल्ला अदालत पर्साबाट उच्च अदालत हुँदै सर्वोच्चसम्मले फुलहसनलाई उक्त घटनामा दोषी ठहर गरेको थियो। कर्तव्य ज्यान मुद्दामा उनीविरुद्ध सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएको थियो। 

क्यालको गोली हानी हत्या गरिएको पुष्टि भएपछि जेल जीवन बिताइरहेका फुलहसन राजनीतिक पहुँचको आधारमा ५६ प्रतिशत कैद भुक्तान गर्न बाँकी हुँदै रिहा भए। दसैंको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले २०७४ असोज १३ गते उनको बाँकी कैद मिनाहा गरेकी थिइन्। राष्ट्रपतिले माफी दिँदा उनले ५६ प्रतिशत कैद भुक्तान गर्न बाँकी नै थियो। 

'असल चालचलन' भइ कैद सजाय मिनाहा पाएका उनै फुलहसन ३ वर्ष अगाडि वीरगञ्जमा भएको 'बम काण्ड'मा पक्राउ परेका छन्। 

२०७६ साउन २४ गते साँझ ७ बजेतिर वीरगञ्जको बिर्ता बजार र त्यसको ४ दिनपछि राति सवा ८ बजेतिर घण्टाघर नजिकको तरकारी बजारमा सुतली बम राखिएको थियो। बम राखेर त्रास फैलाउने र व्यवसायीबाट रकम उठाउने योजनाका साथ बम राखिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

पर्साका तत्कालीन एसपी सामेन्द्रसिंह राठौरको टोलीले उक्त बम काण्डमा संलग्न भएको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३२ वर्षीय इनुस अन्सारी, सोही ठाउँका २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भनिने जौवाद अन्सारीलाई पक्राउ गरेको थियो । 

उनीहरुलाई ४ थान गोली र बिस्फोटक पदार्थसहित जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले २०७५ भदौ ४ गते वीरगञ्जको चण्डाल चोकबाट पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयानबाट खुल्यो– घटनाका मुख्य योजनाकार त 'असल चालचलन' भइ कैद सजाय मिनाहा पाएका उनै फुलहसन रहेछन्। 

पक्राउ परेका ३ जना र फरार रहेका फुलहसन समेत गरी ४ जनाविरुद्ध प्रहरीले विष्फोटक पदार्थ, हातहतियार खरखजाना तथा संगठित अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस गरेको थियो। प्रहरीको सिफारिसअनुसार नै जिल्ला सरकारी वकिल कार्यालय पर्साले ४ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गर्‍यो। 

जिल्ला अदालतले पक्राउ परेका ३ जनाको हकमा २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फरार फुलहसनको मुद्दा भने मुल्तबीमा थियो। 

घटना भएको मितिदेखि फरार रहेका फुलहसनलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ। लामो समयदेखि भारतमा रहेका उनलाई पर्साको रामगढवास्थित घर आउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी वेलबहादुर पाण्डेले नेपाल लाइभलाई बताए। भारतबाट आफ्नो घर पर्साको रामगढवा आउने क्रममा उनलाई सामेबार बिहान ४ बजे पक्राउ गरिएको पाण्डेले बताए। अब उनको मुद्दा अघि बढाइने एसपी पाण्डेको भनाइ छ। 


बम राख्दै सीडीओलाई पठाउँथे धम्कीपूर्ण म्यासेज
प्रहरीको अनुसन्धानबाट खुलेअनुसार फुलहसनले विभिन्न ठाउँमा बम राखेर प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई नै धम्कीपूर्ण सन्देश (म्यासेज) पठाउँने गरेका थिए।

प्रहरीका अनुसार फुलहसनसहित उनको समूहका व्यक्तिले वीरगञ्ज कारागारका चौकीदार शेख भोलासँग १० लाख रुपैयाँ मागेका थिए। १० लाख रुपैयाँ नदिए पर्साका सीडीओलाई भनेर सरुवा गरिदिने धम्की पनि उनीहरुले दिएका थिए। 

यो पनि पढ्नुहोस्

चौकीदारसँग १० लाख माग्दै सिडिओलाई धम्कीपूर्ण म्यासेज बिहीबार, भदौ ५, २०७६

त्यसपछि फुलहसनसहित उनको समूहका व्यक्तिले पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई मोबाइलमा धम्कीपूर्ण म्यासेज पठाएका थिए। सीडीओ समेतलाई आत‌ंकित पार्न उनीहरुले २०७६ साउन २४ र २८ गते वीरगञ्जका विभिन्न ठाउँमा बम विस्फोट गराएका थिए। विस्फोटमा परेर केही मानिस घाइतेसमेत भएका थिए। 

त्यतिबेला पक्राउ परेकाहरुबाट प्रहरीले ४ राउण्ड गोली, सुतली बमजस्तो देखिने वस्तु ३ थान र मोबाइल बरामद गरेको थियो।

भेष बदलेर भारतमा बस्दै नेपालमा फिरौतीको धन्दा
बम विस्फोटको घटनामा प्रहरीले अभियुक्तको सूचीमा राखेपछि फुलहसन भारत भागेका थिए। त्यसपछि भारतमै बसेर उनले नेपालमा फिरौतीको धन्दा चलाएको पर्साका एसपी पाण्डे बताउँछन्। 

पाण्डेका अनुसार उनी भेष बदलेर भारतको मुजफ्फपुरमा बस्दै आएका थिए। नेपालमा विवेक र  फुलहसन नामबाट चिनिदै आएका उनी भारतमा भने अंकित पटेलको नाममा बस्दै आएका थिए। अंकित पटेलकै नामबाट उनले भारतमा आधार कार्डसमेत बनाएका खुलेको छ। 

यसबीचमा उनी धेरै पटक नेपाल आउजाउ गरेको पनि देखिएको छ। भारतमा बसेर नेपाली व्यापारीलाई धम्क्याउने उनले नेपालमै आएर फिरौती उठाउने गरेका थिए। एसपी पाण्डेका अनुसार पछिल्लो समय केही व्यापारीले फिरौती दिन नमानेपछि उनले 'नेपालमै आएर घटना घटाउने' भनेर धम्की दिने गरेका थिए। 

यो पनि पढ्नुहोस्

‘उत्सव’को बहानामा गम्भीर अपराधीलाई माफीबुधबार, फागुन ७, २०७६

 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्