• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कैद माफीका नाममा कानुनीराजको उपहास : अपहरणपछि हत्यादेखि जेलभित्रै हत्या गर्नेसम्मलाई उन्मुक्ति

64x64
नारायण अधिकारी आइतबार, फागुन ९, २०७७  २१:३५
1140x725

काठमाडौं- ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन्,’ नेपालको संविधानको धारा २७६ मा उल्लेख छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को (१), (२), (३), (४)ले  यसलाई थप प्रष्ट पारेको छ। कैद माफी मिनाहा, मुल्तबीबारे संहितामा व्यवस्था छ। राष्ट्रपतिले माफी दिँदा कसुरको प्रकृति, उमेर र शारीरिक अवस्था, सजायको प्रकृति, कसुरदार थुनामा रहे/नरहेको अवस्था विचार गरी माफी दिन सक्ने संहितामा उल्लेख छ। 

अधिवक्ता सुवास आचार्यका अनुसार थुनामा भएको व्यक्तिले मात्र माफी पाउन सक्छन्। ‘माफी पाउने व्यक्ति थुनामा भए कैद माफी पाउन सक्छन्। कैद मिनाहा भनेकै कैद भएर जेल बसेका व्यक्तिले पाउने सुविधा हो। जेल नै नबसेका दोषीले यो सुविधा नपाउने हाम्रो कानुनले परिकल्पना गरेको छ,’ अधिवक्ता आचार्यले भने।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट सालिन्द्र यादवसहित १५ जनाको कैद, जरिवाना, सर्वस्वलगायतका सजाय माफी भयो।

यी १५ मध्ये ७ जना भने अदालतबाट कैद सजाय सुनाइएका तर अहिलेसम्म एक दिन पनि कैद नबसेका व्यक्ति रहेको कारागार व्यवस्था विभाग स्रोतले जनाएको छ। 

यी ७ जना कारागार कार्यालयको सिफारिसमा सजाय माफी पाएका व्यक्ति होइनन्। उनीहरू शक्तिकेन्द्रको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाएका व्यक्ति हुन्। 

‘यसरी हुने आममाफी शक्तिको दुरुपयोग हो,’ अधिवक्ता आचार्यले प्रतिप्रश्न गरे, ‘जसले कानुन नै मान्दैन भने त्यसको आममाफी कसरी हुन्छ?’

nimb
nimb
Ncell 2
Ncell 2

संहिताको दफा १५९ को उपदफा (७) मा सरकारको सिफारिसमा राष्ट्रपतिले पूरै वा आंशिक सजाय माफी गर्न सक्ने बताइएको छ। सोहीअनुसार सजाय माफी पाएका व्यक्ति हुन् उनीहरू। यो उपदफाले पूरै सजाय माफी हुन सक्ने व्यवस्था गरेपनि त्यसका लागि दोषीले कम्तीमा कानुन मान्नु पर्ने र 'सरेन्डर'सम्म गरेको हुनपर्ने तर्क अधिवक्ता आचार्यको छ। 

‘यसरी हुने आममाफी शक्तिको दुरुपयोग हो,’ अधिवक्ता आचार्यले प्रतिप्रश्न गरे, ‘जसले कानुन नै मान्दैन भने त्यसको आममाफी कसरी हुन्छ?’

माफी पाउने अन्य ८ जनामध्ये दाङको तुलसीपुर र घोराही कारागारका ५ जना, सिरहा कारागारका २ जना र केन्द्रीय कारागार जगन्नाथदेवलका १ जना छन्।

राष्ट्रपतिबाट माफी पाउनेहरूमा सुरेद्र यादव, दिलीपकुमार साह, अमरेन्द्र यादव, अशोककुमार यादव र रामविलास यादव, शेरबहादुर चौधरी, युवराज सुवेदी, मदन परियार, साधुराम चौधरी, सुनील चौधरी, पनिलाल चौधरी, कुशलराम चौधरी, कालुराम चौधरी, हरिप्रसाद सेरपाइली र शिवराज गिरी छन्। उनीहरुमध्ये ७ जना एक दिन पनि कैद बसेका छैनन्। 

जेलभित्रै हत्या गर्नेले पनि पाए माफी
कारागारमा बस्दा आचरण सुध्रिएका र ५० प्रतिशत कैद सजाय भोगेकालाई कैदमुक्त गर्ने प्रावधान अनुसार यो पटक १७९ जना कैद मुक्त भए।

असल नियत राखिएको कानुनको यही प्रावधान गम्भीर अपराधका अपराधीलाई भने उपहार बन्ने गरेको छ। विगतका वर्षमा जस्तै यो वर्ष पनि पहुँचको आधारमा गम्भीर अपराधीले उन्मुक्ति पाएका छन्।

भरतपुरबाट यसपटक सवारी ज्यान, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा संलग्न १३ कैदी रिहा भए। यी १३ जनामध्ये तीन जना हुन् फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी।

नेपाली कांग्रेसको भातृ संगठन दरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेल जेल परेका थिए। जेलमै रहेका बेला २०६८ मंसिर २० गते पौडलमाथि सांघातिक आक्रमण भएको थियो। पछि उनको उपचारको क्रममा काठमाडौंस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

पौडेल हत्याको आरोपमा चितवन जिल्ला अदालतले सुनील गुरुङ, सुनील केसी, शरण गुरुङ, सुरज श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई जन्मकैदको फैसला सुनाएको थियो। यस्तै प्रकाश तामाङ, अमित लामा, विक्रम लामा, चन्द्रबहादुर थापा, भीमकुमार पाख्रिन, राजकुमार घलानलाई ५ वर्ष कैदको फैसला सुनाइएको थियो।

अहिले सफाइ पाएका यी तीन जना जन्मकैद सजाय पाएका व्यक्ति हुन्। शक्ति केन्द्रकै पहुँचको भरमा जेलमै रहेकालाई आक्रमण गरी हत्या गर्नेमध्येका तीन जनाले भने अहिले सफाइ पाएका छन्। दरुण दल अध्यक्ष जितजंग बस्नेतले यो माफीको विरोध गरेका छन्। 

अपहरणपश्चात् हत्या गरी शव गाड्ने समेतलाई उन्मुक्ति
योजनाबद्ध तरिकाले अपहरणपश्चात् हत्या गरेर शव नै गाड्ने समेतले उपहार स्वरूप उन्मुक्ति पाएका छन्। दाङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएका कालुराम चौधरीसहितका व्यक्तिले उन्मुक्ति पाएका हुन्।

२०६६ चैत २६ गते दाङको साविक उरहरी गाविस-८, बेलगनारका रमेश हमालको अपहरणपश्चात् हत्या भएको थियो। कालुरामकै निर्देशनमा हमालको अपहरण गरी हत्या गरिएको थियो। अपहरण गरी वैवाङ्गस्थित एकान्तस्थल नर्सरीमा लगेर तरबार प्रहारबाट हत्या गरी शवलाई प्लास्टिकमा बेरेर पातुखोलाको बगरमा गाडेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।

सोही घटनामा संलग्न ५ जनालाई सरकारले उपहारस्वरुप कैद मिनाहा गरेको छ। कालुरामसँगै कुशलराम चौधरी, मधुर परियार, सुनील चौधरी र युवराज सुवेदीको कैद मिनाहा गरिएको छ। २०६६ चैत २६ गते भएको घटनामा धनबहादुर हमालको जाहेरीले ९ जना पक्राउ परेका थिए। 

अझै सिकिएन पाठ
कैद मिनाहा दुरुपयोग हुने गरेको घटना नौलो होइन। यसअघि पनि यस्तै घटना भइरहेका छन्। गत वर्ष मात्रै सार्वजनिक स्थानमा बम पड्काएर तीन जना निर्दोषको ज्यान लिने, योजनाबद्ध रुपमा गोली हानेर व्यापारीको हत्या गर्नेलगायतले छुट पाएका थिए। 

गत वर्ष कैद छुट भएका निरज केसी व्यापारी अञ्जनीकुमार चाचन हत्याका दोषी हुन्। बुद्धिबहादुर गोले तीन जनाको ज्यान लिएको २०६८ फागुन १७ को बबरमहल बम विष्फोट घटनाका दोषी हुन्।

२०६८ फागुन १५ मा बबरमहलस्थित नेपाल आयल निगमअगाडि भएको बम विस्फोटमा पररेर कृष्णबहादुर तामाङ, वीरबहादुर तामाङ र ७० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको थियो। संयुक्त जातीय मुक्ति मोर्चाले जिम्मेवारी लिएको घटनामा गोले समेत संलग्न रहेको भन्दै अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो। यस्ता व्यक्ति जेलबाट निस्किएपछि झनै सुरक्षा चुनौती हुने गरेको प्रहरी अधिकारी बताउँछन्।

यसको उदाहरण हुन् रानीबारी हत्यामा जोडिएका प्रमेश चौहान। चौहान रानीबारी हत्याकाण्डको आरोपमा पक्राउ परेपछि उनी यसअगाडि यस्तै एक हत्या अभियोगमा कैद पाएर केन्द्रीय कारागार पुगेको र अर्का मनराज गुरुङले राजनीतिक पावरको उपयोग गरेर उनको कैद मिनाहा गराएर कारागारमुक्त गराएको खुलेको थियो।

योजनाबद्ध रूपमा चौहानले लिलामाया गिरीको हत्या गरेको अभियोग पुष्टि भएपछि उनलाई काठमाडौं जिल्ला अदालतले जन्मकैद सुनाएको थियो। ११ वर्ष कैद बाँकी छँदै उनी ‘राम्रो आचरणमा रहेको’ भनेर उपहार स्वरुप सरकारबाट रिहा गरिएका थिए। पछि चौहान रानीबारी हत्याकाण्डमा पक्राउ परेका थिए। 

‘छुट दिने व्यवस्था राम्रो हो। तर यसको सही सदुपयोग हुन भने सकेको देखिँदैन,’ पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘जेलमुक्त हुनुपर्ने जेलमै हुन्छन्। जेलमा हुनुपर्ने भने जेलमुक्त भएका छन्।’

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक... मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा नआउन आग्रह गरेका थिए मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज भदौ ९ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो । मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्