• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘उत्सव’को बहानामा गम्भीर अपराधीलाई माफी

64x64
नारायण अधिकारी बुधबार, फागुन ७, २०७६  २१:२६
1140x725

काठमाडौं– कारागारमा बस्दा आचरण सुध्रिएका ५० प्रतिशत कैद सजाय भोगेका, निश्चित उमेर कटेकाहरुको बाँकी कैद मिनाहा गर्न सरकारको सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने कानुनी व्यवस्था छ। 

विशेष अवसरमा कैद मिनाहा गर्न सकिने यही प्रावधानअनुसार यो वर्ष प्रजातन्त्र दिवसमा ३ सय २९ जना कैदीको बाँकी कैद मिनाहा भयो र कारागारमुक्त भए। असल नियतले राखिएको यही कानुनी व्यवस्था गम्भीर अपराधका दोषीका हकमा उपहार बन्ने गरेको छ। यो वर्ष पनि त्यस्तै देखियो। सार्वजनिक स्थानमा बम पड्काएर तीन जना निर्दोषको ज्यान लिने, योजनाबद्ध रुपमा गोली हानेर व्यापारीको हत्या गर्नेलगायतका गम्भीर अपराध प्रमाणित भएर लामो कैद सजाय सुनाइकाहरु सहजै मुक्त भए।

राष्ट्रपतिको निर्णयबाट केन्द्रीय कारागार सुन्धाराका मात्रै २६ जना कैदीबन्दीले माफी पाए। केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार २६ जनाको सूचिमा कर्तव्य ज्यान मुद्दाका दोषी बुद्धिबहादुर गोले, नवीन लम्साल, नरबहादुर कार्की, रेशम तामाङ, मानबहादुर राई, धन बहादुर तामाङ, बीरमान घलान, निरज केसी छन्।

त्यसैगरी सविन गुरुङ (ज्यान मार्ने उद्योग), पारस तामाङ (ज्यान मार्ने उद्योग), सौगात जोशी (सवारी ज्यान), सुदिप नेपाल (सरकारी छाप कीर्ते), किरण जोशी (ठगी), तारानाथ न्यौपाने (लिखत कसुर), मितेश दाहाल (सरकारी छाप कीर्ते), बलराम रुम्बा (डाँका चोरी), रमेश तामाङ (मोटरसाइकल चोरी), सुमनराज जोशी (ठगी र सरकारी छाप कीर्ते), शिशीर तामाङ (सरकारी छाप कीर्ते), आशिष चौधरीको (खोटा नोट चलान), बुद्धिमाया तामाङ, माइली तामाङ यमलाल राई, कृष्णप्रसाद न्यौपाने र फोजनाथ थारु छन् । 

राष्ट्रपतिको निर्णयको आधारमा बुधबार कारागारमुक्त भएका निरज केसी व्यापारी अञ्जनीकुमार चाचन हत्याका दोषी हुन्। बुद्धिबहादुर गोले तीन जनाको ज्यान लिएको २०६८ फागुन १७ को बबरमहल बम विष्फोट घटनाका दोषी हुन्।
२०६८ फागुन १५ मा बबरमहलस्थित नेपाल आयल निगमअगाडि भएको बम विस्फोटमा परी कृष्णबहादुर तामाङ, वीरबहादुर तामाङ र ७० वर्षीय मानबहादुर तामाङ मृत्यु भएको थियो। 

संयुक्त जातीय मुक्ति मोर्चाले जिम्मेवारी लिएको घटनामा गोले समेत संलग्न रहेको भन्दै अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो। उनी ७ वर्षमात्र जेलमा बसे।  

कैद मिनाहा अपराधीको हतियार
यसभन्दा अगाडि पनि गम्भीर अपराधका दोषीले सरकारको निगाहमा गम्भीर अपराधमा दोषी ठहरिएर पनि पुरै कैद बस्नु परेको थिएन। रानीबारी हत्याकाण्डको आरोपीको रुपमा प्रमेश चौहान पक्राउ परेपछि उनी यसअगाडि यस्तै एक हत्या अभियोगमा कैद पाएर केन्द्रीय कारागार पुगेको र अर्का मनराज गुरुङले राजनीतिक पावरको उपयोग गरेर उनको कैद मिनाहा गराएर कारागारमुक्त गराएको खुलेको थियो।

योजनाबद्ध रूपमा लिलामाया गिरीको हत्या गरेको अभियोग पुष्टि भएपछि उनलाई काठमाडौं जिल्ला अदालतले जन्मकैद सुनाएको थियो। ११ वर्ष कैद बाँकी छँदै उनी ‘राम्रो आचरणमा रहेको’ रिहा भएको रानीबारी घटनामा पक्राउ परेपछि खुल्यो।

nimb
nimb

बाबुराम भट्टराई नेतृत्वको सरकारले कैद छुट गर्ने निर्णय गरेपछि २०६० जेठ १९ मा पक्राउ परेका २०६९ कात्तिक ४ गते दसैैं पारेर कारागारमुक्त भएका थिए। उनी मुक्त भएको २ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रानीबारी हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ गर्‍यो। अहिले उनी सोही अभियोग पुष्टि भएर कारागारमा छन्।

अपराधशास्त्री डाक्टर रञ्जितभक्त प्रधानांगले संविधान र कानूनले दिएको अधिकारअनुसार नै हरेक वर्ष कैदीहरु रिहा हुँदै आएको भए पनि कानूनी लुपहोललाई दुरुपयोग गर्दै जघन्य अपराधमा संलग्न भएका व्यक्तिहरु छुट्ने गरेको बताए।

‘छुट दिने अधिकार त छ। तर‚ यहाँ जेलमुक्त हुनुपर्ने जेलमै हुन्छन्। जेलमा हुनुपर्ने भने जेलमुक्त भएका छन्। यसमा शक्तिकेन्द्रको दुरुपयोग र आर्थिक लेनदेनले समेत काम गरेको देखिन्छ‚’ प्रधानांगले भने।

पहुँचको भरमा मिनाहा
 

गम्भीर अपराधका कैद सजाय पाएकाहरु कसरी मुक्त हुन्छन् प्रमेशकै घटनाबाट समेत धेरै खुल्छ। रानीबारी हत्याकाण्डमा प्रमेशसँगै पक्राउ परेका थिए मनराज गुरुङ। गुरुङ पनि गिरी हत्यामा जोडिएका थिए। गुरुङले आफू रिहा भएमा राजनीतिक पहुँचको आधारमा कैद मिनाहा गराएर उनलाई मुक्त गराउने वचन दिएपछि चौहानले घटनाको योजनाकार आफैं रहेको र खुकुरी प्रहार गरी आफैंले हत्या गरेको स्वीकारे। गुरुङ रिहा भए प्रमेशले जन्मकैद पाए।

मुक्त भएका गुरुङले बाहिर बसेर राजनीतिक पहुँचका आधारमा दसैंमा उनको बाँकी कैद मिनाहा गराइदिएका थिए। उनी काठमाडौंको सेन्ट्रल जेल, रामेछाप हुँदै त्यतिबेला दोलखा कारागार पुगेका थिए। दसैंको अवसरमा कैद मिनाहाको निर्णय भएको कारागार व्यवस्था विभागको पत्रका आधारमा दोलखा कारागारले उनलाई मुक्त गरेको थियो ।

कारागारभित्र हुने अनियमितताको अनुसन्धानको क्रममा आर्थिक प्रभावका आधारमा समेत गम्भीर अपराधका दोषीको कैद मिनाहाको सिफारिस हुने गरेको खुल्ने गरेको छ। जेलर, नाइके, भाइ नाइकेको मिलेमतोमा पैसा लिएर कैद मिनाहाको सिफारिस हुने गरेको देखिन्छ।

कसरी हुन्छन् रिहा?
भ्रष्टाचार, जबरजस्तीकरणी, सरकारी लिखत कीर्ते, संगठित अपराध, मानिसको ज्यान लिने नियतले गरिएको आगजनी, राज्यविरुद्धको अपराध, युद्ध अपराध, विध्वंशात्मक अपराध वा हातहतियारसम्बन्धी अपराध, मानब बेचबिखनसम्बन्धी अपराधमा माफी हुन्न।

यसैगरी महिलाविरुद्धको यौन शोषण वा हिंसा, बालबालिकाविरुद्धको यौन शोषण वा हिंसा, जाति हत्या, क्रुर, अमानवीय वा मानवताविरुद्धको अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, शरीर बन्धक तथा अपहरणसम्बन्धी अपराध, लागू औषधको कारोबार, ठगी वैदेशीक रोजगार, कैदबाट भागे/भगाएको, भन्सार चोरी निकासी पैठारी, जासुससम्बन्धी, संरक्षित वन्यजन्तुसम्बन्धी। पुरातात्विक वस्तु सम्बन्धीको अपराधमा कैद मिनाहा तथा माफी नहुने काुनूनी व्यवस्था छ।

यी अपराधबाहेक अन्य अपराधको हकमा भने ५० प्रतिशत कैद भुक्तान गरिसकेको अवस्थामा कैद मिनाहा हुने प्रावधान छ।

गृह मन्त्रालयले कैद मिनाहाका लागि भन्दै हरेक वर्ष कारागार व्यवस्थापन विभागलाई परिपत्र पठाउने चलन छ। विभागले उक्त परिपत्र कारागार कार्यालयहरुलाई पठाउँछ। त्यसपछि कारागारले कैदीको चालचलन हरेर कैदमुक्त गर्न सक्ने मापदण्ड मध्यनजर गर्दै कैद मिनाहा गर्न सकिने कारण र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउनुपर्छ।

कारागार कार्यालयले सिफारिस गरेका कैदीको नाममा जिल्ला प्रशासनले आवश्यक जाँचबुझ गरेर विभाग पठाउनुपर्ने हुन्छ। विभाग पुगेको कैद मिनाहाको सिफारिस गृह मन्त्रालयमा पठाइन्छ। मन्त्रिपरिषद्बाट पास गराएपछिमात्रै कैद मिनाहा हुने चलन छ।

चाचन हत्याकाण्ड

अहिले कैद मिनाहा भएका निरज केसीको संलग्नतामा २०६७ चैत २७ गते भारत राजस्थान घर भई काठमाडौंमा व्यापार गर्दै आएका अञ्जनीकुमार चाचनको गणबाहलमा गोली हानी हत्या भएको थियो।

उक्त हत्यामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं भिमसेनगोलाका केसीलाई २०७१ भदौमा धरानबाट पक्राउ गरेको थियो। अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय सुनाएको थियो। 

केसीसहितको समूहले २०६५ सालदेखि सङ्गठित समूह बनाई काठमाडौंका विभिन्न ठाउँमा लुटपाट तथा हत्या गरेको आरोप लागेको थियो। २०६६ मा बाफलका एक व्यापारीलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिई ५ लाख लुटपाट, २०६७ कात्तिकमा ठमेलका ४२ वर्षीय बौद्ध भिक्षु निमा लामालाई गोली प्रहार गरी उनको साथमा रहेको १० लाख लुटपाट, २०६७ चैत १० गते टेुकको एक्साइड ब्याट्री कम्पनीमा काम गर्ने कामदारमाथि गोली प्रहार र चाचन हत्यामा उनको संलग्नता भन्दै प्रहरीले पक्राउ गरेको थियो। 

७० वर्षीय वृद्धको ज्यान लिएको बबरमहल घटना

तत्कालीन संयुक्त जातीय मुक्ति मोर्चाले २०६८ फागुन १५ मा काठमाडौं बबरमहलमा दिउँसो १ बजे शक्तिशाली बम बम विस्फोट गराएको थियो। सो क्रममा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुरको तामाङ गरी तीन जनाको ज्यान गएको थियो। सात जना गम्भीर घाइते भएका थिए। 

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले घटनाबारे सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए। 

तत्कालीन डिआइजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरी यस घटनाको छानबिन समेत गरिएको थियो। 

विश्व उपनामका ती अपराधीले घटना घटेको केही समयमा नै विभिन्न संचार माध्यमा बम विस्फोटको जिम्मा लिएका थिए। सरकारले पेट्रोलिय पदार्थको मुल्य बढाएर जनताको ढाड भाँचेको विरोधस्वरुप आफूहरुले टाइम बम विस्फोट गराएको उक्त समूहको दाबी थियो। 

बम विस्फोट गराएको आरोपमा विश्वदिप भनिने भीमबहादुर तामाङ, निमा दोर्जे तामाङ‚ बुद्धि बहादुर गोले, प्रेम तामाङ्ग, सागर लामा, सुरेश लामालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

अहिले रिहा भएका गोलेलाई उक्त घटनामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले २०७३ जेठमा १५ वर्ष कैदको फैसला सुनाएको थियो।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्