काठमाडौं- लोकसेवा आयोगले अधिकृत तहको परीक्षा स्थगित गरेको छ।
व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ।
लोकसेवा आयोगविरुद्ध परेको रिटमा सर्वोच्चले परीक्षा जुन अवस्थामा पुगेको छ, त्यही अनुरुप रोक्न आदेश दिएको थियो।
‘मिति २०७८।५।८ मा गरिएको पत्राचार जुन अवस्थामा पुगेको छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ’, आयोगको सूचनामा उल्लेख छ।
कानूनी प्रश्नको जटिलता र महत्वको आधारमा आयोग विरुद्ध परेका सबै रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।