काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो।
सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाला सुन ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ।
आइतबार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार ५ रुपैयााले बढेको हो। आज चाँदी १२ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।