मेलम्ची- मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ।
जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्न सडक गत असार १ र साउन १६ मा आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको थियो।
सडक अवरुद्ध हुँदा यातायात सञ्चालन र पैदल हिँड्न समेत समस्या भएसँगै मेलम्ची नगरपालिकाले उक्त सडक खण्डलाई सुधार गरि सञ्चालनमा ल्याएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।