काठमाडौं– चोकोफन उत्पादक कम्पनी सुजल फुड्स प्रालिले २०औं वार्षिकोत्सव अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।
‘वन्ली चोकोफन’ सन्देश बोकेको यो विज्ञापन अभियानलाई टेलिभिजन विज्ञापनमार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उत्पादन चोकोफन चकलेट र वेफर बालबालिकाको रोजाइमा पर्दै आएको छ।
बालबालिकाको विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुुसी दिलाउने उद्देश्यअनुरूप नयाँ विज्ञापन अभियान थालिएको कम्पनीको भनाइ छ। विज्ञापन अभियानको प्रवर्द्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक सञ्जालमार्फत पनि प्रवाह गरिने कम्पनीले जनाएको छ।
यो विज्ञापनलाई बालबालिकाले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने दाबी कम्पनीको छ। विज्ञापनमा बालबालिका एकअर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको देखाइएको छ।
चार दशकदेखि चकलेट उत्पादन गर्दै आएको सुजल फुड्स आईएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।