काठमाडौं– दाङका विद्यालयहरुले आज (सोमबार)देखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने भएका छन्। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएसँगैस्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनमा आउन लागेका हुन्।
आइतबार सम्पन्न बैठकले स्मार्ट लकडाउनको कार्यविधिअन्तर्गत जिल्ला कोरोना संकट व्यवस्थापन समितिसँगको समन्वयमा सोमबारबाट स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो।
जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकालगायत पालिकाले विद्यालय सञ्चालन गर्न थालेको सूचना जारी गरिसकेका छन्।
स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवासमेत सञ्चालन गर्ने गरी विद्यालय खोल्ने तयारी विद्यालयले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।